RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/३१ गते
४८१ पटक

काठमाडौं । शनिबार नेपालमा ४६८ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमा काठमाडौं उपत्यकाका ९८ जना रहेका छन् । पछिल्लो समय होमआइसोलेसनमा ५ सय २३ जना रहेका छन् ।यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा १२४ डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको संख्या १७ हजार २०१ पुगेको छ ।

प्रतिकृया दिनुहोस्