RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/३२ गते
६७२ पटक

काठमाडौं  आइतवार विहान सम्म २ करोड १६ लाख ३५९ मानिस संक्रमित भएका छन् । यसमध्ये २ लाख ४८ हजार ८१७ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । योसँगै कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ७ लाख ६८ हजार ६०३ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ९२७ जनाको मृत्यु भएको छ । ३१ लाख ४८ हजार १९४ जना संक्रमित भएकोमा १९ लाख ३ हजार ७३५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४६ हजार ६९० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६५ लाख १९ हजार ५२८ पुगेको छ । त्यसमध्ये ३५ लाख ५५ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् ।

५५ लाख ७७ हजार ५२२ जना संक्रमित भएकोमा ४२ लाख ७० हजार ५३४ जना संक्रमणमुक्त भएका छन् ।दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ७४ हजार ५२८ जनाको मृत्यु भएको छ । ५२ लाख १६ हजार ५३० जना संक्रमित भएकोमा ३७ लाख ४८ हजार २८६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २५ हजार ३७७ जनाको ज्यान गएको छ भने ११ लाख १२ हजार ७३२ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख २७ हजार ९८८ जना संक्रमणमुक्त भएका छन् ।त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४०५ जनाको मृत्यु भएको छ । २५ हजार १३२ जना संक्रमित भएकोमा १५ हजार ३४९ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्