RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/३२ गते
९०४ पटक

जुम्ला । गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यस वर्ष ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ ।वर्षभरि दुःख गर्दा पनि स्याउ नफल्दा १० जनाको परिवार कसरी पाल्ने भन्ने पिरलो हुन थालेको तिला गाउँपालिका – १ राराका स्याउ किसान महेन्द्र बुढाले बताए ।

कृषि विकास कार्यालयका जुम्लाका अनुुसार जिल्लाका १६ हजार घरपरिवारले स्याउखेती गर्दै आएका छन् । स्याउ रोपिएको जमीनमा अन्न उत्पादन हुदैन ।

“यस पटक न किसानसँग स्याउ छ, न त खाने अन्न । असिना पानी, खडेरी र कालो तुषारोले स्याउ सखाप पारिदियो”, वरिष्ठ स्याउ किसान रामसिंह रावलले भने ।

गत वर्ष जिल्लामा स्याउबाटै रु ३४ करोड आम्दानी भएकामा यस वर्ष असिनापानी र कालो तुषारोले ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको कृषि विकास कार्यालयका प्रमुखले बताए ।

 

प्रतिकृया दिनुहोस्