RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/१ गते
५३३ पटक

ललितपुर । दक्षिण ललितपुरका तीनवटै गाउँपालिकामा भदौ १ देखि १५ गतेसम्म गाउँपालिकाबाट संचालित अत्यावश्यक बाहेकका सबै काम बन्द गर्ने निर्णय भएको छ । कोन्ज्योसोम गाउँपालिका, बाग्मती गाउँपालिका र महाङ्काल गाउँपालिका सम्मिलित ललितपुरका ३ वटै गाउँपालिका फोरमको बैठकले गाउँपालिकाबाट संचालित अत्यावश्यक बाहेकका सबै काम बन्द गर्ने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष फोरमले तीनवटै गाउँपालिकामा सार्वजनिक यातायात १५ गतेसम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय भएकोे कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिंतानले जानकारी दिए ।

कोन्ज्यासोम वडा नम्बर ४ नल्लु भन्ज्याङ र बाग्मती २ वगुवामा नेपाल प्रहरीको चेकपोष्ट राख्ने तयारी भएको उनले बताए । विर्खेधारामा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी सहितको संयुक्त चेकपोष्ट राख्ने निर्णय गरिएको उनले बताए ।

संयुक्त वैठकपछि विज्ञप्ती जारी गर्दै गाउँपालिका क्षेत्रभित्रका अत्यावश्यकीय होटल रेष्टुराँ, चिया पसल, खाजा पसल संचालन गर्दा मास्क सेनिटाइजर तथा स्वास्थ्य सुरक्षा मापदण्ड पालना अनिवार्य गरिएको ३ वटै गाउँपालिकाले हस्ताक्षर गरेका छन् ।

गोदावरीका लेले र डुकुछाप सिल

ललितपुर गोदावरी नगरपालिकाको वडा नम्बर ५ लेले र वडा नम्बर ८ डुकुछाप सिल गरिएको छ । लेलेका एक २७ वर्षका युवालाई कोरोना भाइरस संक्रमण देखिएपछि त्यहाँ सिल गरिएको ५ नम्बर वडाका वडा अध्यक्ष मिलन सिलवालले जानकारी दिए ।

साउन २३ गते दुबईबाट आएका पुरुषको कोरोना परिक्षणमा रिपोट पोजेटिभ आएपछि क्वारेन्टिन राखिएकाले लेले प्राथमिक स्वास्थ्य केन्द्र सहित लेले नजिकैको बस पार्क क्षेत्र सिल गरिएको सिलवालले बताए । उनका अनुसार कन्ट्राक्ट टे«ेसिङको कार्यभैरहेको छ । ती पुरुषको शनिबार आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हो ।

ती पुरुषलाई एयरपोर्टबाट सिधै क्वारेन्टाइनमा ल्याई राखिएकोले ट्राभल हिस्ट्रि नभएको उनले बताए । ती पुरुषको स्वास्थ्य अवस्था सामान्य नै छ । दुबई आएपछि उनलाई सिधै लेले प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टिनमा राखिएको थियो । त्यहाँ स्वाब परीक्षणपछि उनको रिपोर्ट पोजिटिभ आएको वडा अध्यक्ष सिल्वालले जानकारी दिए ।

यसैबीच गोदावरी नगरपालिकाको वडा नम्बर ८ डुकुछापमा शनिबार एकैदिन ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि पुरै वडा सिल गरिएको वडा सचिव मुकुन्द घिमीरेले जानकारी दिए । ती ७ जना संक्रमित डुकुछापका स्थानीय दनुवार जाती रहेका छन् । संक्रमण रोकथाम र संभावित जोखिमलाई मध्यनजर गर्दै पूर्वमा छम्पी प्रहरी प्रभाग , पश्चिममा कटुवालदहदेखी झोलुङ्गेखहरे दोभानसम्म, उत्तरमा फर्सिडोल दोभानसम्म , दक्षिण्ममा छम्पीस्थित पानी ट्याङ्कीसम्म सिल गरिएको वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष सुकबहादुर लामाका अनुसार संक्रमण समुदाय स्तरमै फैलिइसकेको हुन सक्ने अनुमान गरिएको समेत बताए ।राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्