RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/१ गते
६९५ पटक

मुगु : लगतारको वर्षाका कारण हुम्लाको जिल्लाको ताजाँकोट गाउँपालिकामा बाढीले झण्डै तीन सय परिवार विस्थापित भएका छन् ।

केही दिनदेखिको अविरल वर्षाले ताजाँकोट गाउँपालिका—२, ३ र ४ नम्बर वडाका सयौँ घर भत्किनुका साथै तीन सय विस्थापित भएका हुन् । ताजाँकोट गाउँपालिकाको छप्रेला बजारको घर, होटेल पसल गरी १८ परिवार र ताजाँकोट गाउँपालिका कार्यालय समेत उच्च जोखिम रहेको  ताजाँकोट गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाले जानकारी दिइन् ।

उपाध्यक्ष बुढाका अनुसार अहिले सबै विस्तापित परिवार गाउँ नजिका विद्यालयमा बसेका छन् ।  सर्वसाधारणले खेतबारीम रोपेको धाँन, कोदो, चिनो, लगायत बालिनाली समेत बाढीले बगाएको छ । पहिरो दिउँसो आएका कारण मानवीय क्षति भएको छैन ।

ताजाँकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्ल, उपाध्यक्ष मञ्जु बुढा र प्राविधिकको कार्यकक्ष समेत बाढीले भत्काइदिएको छ । गाउँपालिका कार्यालय समेत उच्च जोखिम रहेको बताइएको छ । छप्रेला बजारका होटेल पसल र घरहरु भत्किएपछि त्यहाँका बासिन्दा समेत विस्थापित भएका छन् ।

बाढीले उतिसेनी, छप्रेला, बजार भदालदिपु, गल्लावाडा, खर्रा, देउलागैरा, चौतारीवाडा, भियालवाडा काउलामगडा लगायत घरहरु भत्किएको उपाध्यक्ष बुढाले बताइन् । जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार सबै भन्दा बढी पहिरोले ताजाँकोट गाउँपालिकामा क्षति पुर्याएको छ । बाढीबाट विस्थातिप भएपछि उतिसेनी, खर्रो, देउला गैरामा रहेका कम्तिमा २२ दलित परिवार गाउँपालिकाले उपलब्ध गराएको त्रिपालमुनि बस्न बाध्य भएका छन् ।अन्नपुर्ण पोष्ट दैनिकबाट

प्रतिकृया दिनुहोस्