RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/२ गते
५३५ पटक

काठमाडौं, पछिल्लो २४ घण्टामा १ लाख ९१ हजार ५२१ जनामा संक्रमण पुष्टि भएपछि मंगलबार बिहान विहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २० लाख ४१ हजार ३०४ पुगेको हो।
यस्तै एकै दिन थप ४ हजार ८३ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ७७ हजार १९४ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ४७ लाख ८३ हजार ६७० जना संक्रमण मुक्त भएका छन् । निको हुनेको यो संख्या ६६ प्रतिशत हो । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३ हजार ३७६ जनाको मृत्यु भएको छ । ३२ लाख ३ हजार ५११ जना संक्रमित भएकोमा १९ लाख १७ हजार ५८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४८ हजार ४६७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६६ लाख १८ हजार ८५ पुगेको छ । त्यसमध्ये ३६ लाख ४४ हजार ५८६ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरूमा १ लाख २१ हजार ५२४ जनाको मृत्यु भएको छ । ५७ लाख ३८ हजार २२२ जना संक्रमित भएकोमा ४४ लाख ६६ हजार ७२६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ७७ हजार ४२३ जनाको मृत्यु भएको छ । ५३ लाख २२ हजार ८६७ जना संक्रमित भएकोमा ३८ लाख ८८ हजार ६३६ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरूमा २५ हजार ९४२ जनाको ज्यान गएको छ भने ११ लाख ३२ हजार १०१ संक्रमित छन् ।

प्रतिकृया दिनुहोस्