RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/३ गते
३९० पटक

बझाङ । लगातारको बर्षासँगै बुङगल नगरपालिका ५ मिडीमा गएराती १ ः १५ बजे पहिरो गएको छ । पहिरोमा परी २ बेपत्ता भएका छन् भने ३ जना घाइते भएका छन् । जस मध्ये एक जना भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घरमाथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर बगाएको हो । नेपाल प्रहरी र स्थानीयको सहयोगमा पहिरोमा पुरिएका ३ जनाको उद्धार गरिएको छ भने बेपत्ता २ जनाको खोजी भइरहेको छ ।

प्रताप ताम्राकार रोजगारीको सिलसिलामा भारतको ब्याङलोरमा छन् । पहिरोमा परेर ४० बर्षिया श्रीमती पिपला ताम्राकार, १८ वर्षकी छोरी सुनिता र १२ बर्षका टिन्टी ताम्राकार र १६ बर्षका अनिल ताम्राकार घाइते भएका छन् ।

घाइते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । १४ बर्षका छोरा सचिन ताम्राकार र बुङ्गल नगरपालिका वडा नम्बर ४ तिर्थबगर बस्ने दमन ओखेडाका ५ बर्षका सुदिप ओखेडा बेपत्ता भएका छन् ।

 

प्रतिकृया दिनुहोस्