RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/३ गते
५०९ पटक

भौतिक पुर्वाधार विकास मन्त्रीको समेत जिम्मेवारी हेरीरहेका मुख्यमन्त्री शाहीले वुधवार मन्त्रालयका सचिवसंग कार्यसम्पादन करार सम्झौता गरिसकेपछि कर्मचारीहरुलाई निर्देशन गर्दै चालु आर्थिक वर्षमा प्रदेश सरकारको वजेट कार्यान्वयन प्रभावकारी हुनुपर्ने वताए ।

आफुले कार्यसम्पादनका आधारमा मूल्याँकन हुने प्रणाली स्थापना गर्न लागेको वताउदै मुख्यमन्त्री शाहीले कार्यप्रगति देखाउन नसक्ने मन्त्री र सचिवलाई जिम्मेवारीमा वसीरहने नैतिक अधिकार नभएको वताए ।

विकास र समृद्धिको जनचाहना पुरा गर्न नसके संघीय व्यवस्थाको औचित्यमा प्रश्न उठने वताउदै मुख्यमन्त्री शाहीले प्रभावकारी रुपमा काम गर्न कर्मचारीहरुलाई निर्देशन गरे । उ

कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर पश्चात भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव धर्मेन्द्रकुमार झाले चालु आर्थिक वर्षको प्रगतिमा उल्लेख्य सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

संरचना निर्माणमा ढिलाई,अख्तियारीमा ढिलाई,कर्मचारी अभाव जस्ता गत वर्षमा देखिएका समस्याहरु धेरै हदसम्म सामाधान भएको वताउदै सचिव झाले चालु आर्थिक वर्षको प्रगति राम्रो हुने वताए ।

सचिव झाले वजेट कार्यान्वयनको प्रक्रिया अगाडि वढिसकेको वताउदै योजनाहरुको सर्भे, डिजाईन, लागत अनुमान तयारी लगायतका सवै काम सकेर दशैं अघि नै अधिकाँश योजनाको ठेक्का गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रतिकृया दिनुहोस्