RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/४ गते
५२५ पटक

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १७४ जना रहका छन् भने ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा देशभर भने  ७०७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै देशभर संक्रमितको कुल संख्या २९ हजार ६४५ रहेको छ ।

ज जसमध्ये प्रदेश १ मा १ हजार ४५ जना, प्रदेश २ मा १ हजार ९ सय ५३ जना, बागमती प्रदेशमा २ हजार ९ सय २३ जना, गण्डकी प्रदेशमा ३ सय १५, प्रदेश ५ मा ८ सय ३७ जना, कर्णाली प्रदेशमा २ सय ५३ जना र सूदुरपश्चिम प्रदेशमा ७ सय ५७ जना रहेका छन् ।

यस्तै होम आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या प्रदेश १ मा २ सय ५७ जना, प्रदेश २ मा २ हजार ७ सय ८९ जना, बागमती प्रदेशमा १ सय ११, गण्डकी प्रदेशमा २७, प्रदेश ५ मा २ सय ४२, कर्णाली प्रदेशमा १८ र सूदुरपश्चिम प्रदेशमा २८ गरी जम्मा ३ हजार ७ सय ७२ जना रहेका छन् ।

 

प्रतिकृया दिनुहोस्