RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/५ गते
१११८ पटक

जुम्ला : पछिल्लो समयमा  जुम्लाको समुदायमा  कोरोना फैलिएको छ।  जुम्लाको हिमा गाउँपालिकामा बिहीबार मात्रै  थप ५१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। केही दिन अघि ९ जना कोरोना पोजेटिभ देखिएको हिमा गाँउपालिका कर्मचारीसहित अन्य सम्पर्क

व्यक्तिहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा   बिहिबार मात्रै ५१ जना र कालिकोटको नग्मामा बसोवास गरिरहेका ५ जना सहित थप ५६ जना  कोरोना संक्रमित भएको  जिल्ला प्रशासन कार्यालयले हो।

हिमा गाउँपालिकामा एकाएक संक्रमण  बढेपछि भेटिएपछि  प्रशासनले  उच्च निगरानी गरेको छ। प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार जिल्ला नै संक्रमण फैलिने डर भएकाले अहिले निषेधाज्ञा गरिएको छ।

हिमाको सुरक्षा ब्यवस्था  थप प्रभावकारी बनाउने  भन्ने  विषयमा कोभिड कमाण्ड रोकथाम समितिको बैठक बस्नेछ। जिल्लाको धेरै जनशक्ति हिमामा खटाइने प्रयास गरिनेछ।

सुरक्षाको लागि भीडभाडमा नजाने, मास्क लगाउन र  साबुनपानीले अनिवार्य हात हुन अपिल गरेका छन्।   यसैगरी केही संक्रमितको सम्पर्कमा रहेका १० जना पत्रकारहरुको रिपोर्ट नेगेटिभ आएको जानकारी गरिएको छ।

प्रतिकृया दिनुहोस्