RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/५ गते
६४५ पटक

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीलाई कोरोना भाईरस (कोभिड–१९) को नियन्त्रण, रोकथाम र विपद प्रतिकार्यको काम सक्रियतापुर्वक गर्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री शाहीले शुक्रवार कर्णाली प्रदेशका सवै प्रमुख जिल्ला अधिकारीसंग भर्चुअल वैठकको आयोजना गरी यस्तो निर्देशन दिनुभएको हो ।

नागरिकको जीउँधनको सुरक्षा गर्ने दायित्व राज्यको भएको भन्दै मुख्यमन्त्री शाहीले उनीहरुको जीउधनमा क्षति पुगेमा राज्यले जवाफ दिनुपर्ने वताउनुभयो । पछिल्लो वेला लक्षण सहितको संक्रमण वढेको वताउदै सतर्कता अझै वढाउनुपर्ने उहाँको भनाई छ ।

कर्णालीमा वृद्धवृद्धा, दम तथा दीर्घरोगीहरुको संख्या धेरै रहेको वताउदै मुख्यमन्त्री शाहीले लक्षण सहितको संक्रमण समुदायमा पुगेमा मृत्यूदर वढन सक्ने चिन्ता व्यक्त गर्नुभयो । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले कर्णालीमा प्रवेश गर्नेहरुसंग अनिवार्य पिसिआर रिपोर्ट माग गर्ने निर्णय गरेको वताउदै निर्णयको कडाईपूर्वक कार्यान्वयन गराउन मुख्यमन्त्री शाहीले निर्देशन गर्नुभयो ।

मेलापर्वको समय शुरु भएको वताउदै मुख्यमन्त्री शाहीले जिल्लामा कुनै पनि मेला, महोत्सव, भेला, तथा राजनीतिक भेला, वैठक र भिडभाड हुने गतिविधि पनि कडाईपुर्वक रोक्न निर्देशन दिनुभयो । जिल्ला विपद व्यवस्थापन केन्द्र (डिसिएमसी) वैठकवाट स्थानीय तह र प्रदेश सरकारसंग समन्वय गरेर हरेक नागरिकलाई अनिवार्य मास्क लगाउने व्यवस्था मिलाउनुपर्ने उहाँले वताउनुभयो ।

प्रदेश सरकारले जिल्ला अस्पत्तालहरुमा अक्सीजन, कम्तीमा एउटा भेन्टीलेटर र ५ देखि ७ वटा आईसीयू वेड व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।

वर्षायामका कारण वाढी, पहिरोजस्ता प्राकृतिक विपदवाट क्षति वढेको तर्फ चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री शाहीले उद्धार, उपचार, राहात तथा पुनस्र्थापनाका कामलाई प्रभावकारी वनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन गर्नुभयो । समन्वयको अभावले विपद पश्चात उद्धार र उपचारको काम प्रभावकारी नभएको तर्फ ध्यानाकर्षण गराउदै मुख्यमन्त्री शाहीले विपदले पुर्याएको क्षति तथा घाईतेहरुको अवस्थाका वारेमा तत्काल रिपोर्टीङ्ग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्