RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१८ गते
८६२ पटक

काठमाडौं,  काठमाडौ स्थिति चिनियाँ दूताबासले शनिबार एक विज्ञप्ति जारी गर्दै चीनले उनीहरूको बैधानिक अधिकार र हित संरक्षण गर्न सक्रिय भूमिका निभाउने स्पष्ट गरेको छ ।

शुक्रबार मध्यरातसम्म कोरोना भाइरसले संक्रमित हुनेको संख्या ११ हजार ७९१ र संदिग्धको संख्या १७ हजार ९८८ पुगेको नेपाल स्थित चिनियाँ दूताबासले जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयले विदेशी नागरिकको स्वास्थ्य हेरचाह र संक्रमित विदेशी नागरिकसँग समन्वय गर्न संयन्त्र गठन गरेर काम गरिरहेको दूताबासले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विश्व स्वास्थ्य संगठनसँगको समन्वयमा नेपालले कोरोना भाइरस नियन्त्रणका लागि गरिरहेको प्रयासको चीनले सराहना गर्दै थप सहयोगको आवश्यकता परे चिनियाँ दूताबास वा विदेश मन्त्रालयसँग सहकार्य गर्न आग्रह गरेको छ ।

प्रकोप नियन्त्रणमा आए लगत्तै नेपाल भ्रमण वर्ष २०२० मा योगदान पुर्याउन चीनले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्