RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/६ गते
७७० पटक

काठमाडौं  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अबको दुई वर्षभित्रमा कोरोना भाइरस नियन्त्रणमा आउन सक्ने आशा गरेको छ ।

संगठनका महानिर्देशक डाक्टर टेड्रोस एडनाम गेब्रेयेससका अनुसार सन् १९१८ मा फैलिएको स्पेनिस फ्लूको तुलनामा कोरोना नियन्त्रणमा आउन सक्ने देखिएको छ । अहिलेको उपचार पद्धतिले कोरोनालाई दुई वर्षभित्रमा नियन्त्रणमा लिन सक्ने उहाँले बताउनुभयो ।

स्पेनिस फ्लू पनि दुई वर्षमा नियन्त्रणमा आएको भन्दै उहाँले अबको दुई वर्षमा कोरोनालाई पनि नियन्त्रण गर्न सकिने एउटा आशा देखिएको उहाँले बताउनु भएको हो । उहाँले एक अर्कोको सम्पर्कमा आएकै कारण विश्वमा कोरोना फैलिएको पनि बताउनु भएको छ । स्पेनिस फ्लूका कारण सन् १९१८ देखि १९२० सम्ममा कम्तीमा पाँच करोड मानिसको ज्यान गएको थियो । कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म झण्डै ८ लाख मानिसको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस्