RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/७ गते
१००१ पटक

पर्सा : पर्सामा पछिल्लो पटक १४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाको हटस्पट बनेको पर्सामा कोरोना संक्रमित लगातार बढिरहेका छन्।

पत्रकार र मजदुरहरूलाई संक्रमण पुष्टि भएको हो। त्यस्तै नारायणी एफएमका पाँच जना पत्रकार र कर्मचारीलाई पनि कोरोना देखिएको छ। त्यस्तै हिमाल आइरन प्रालिमा काम गर्ने तीनजना र नेपाल फर्मास्युटिकल्सका उद्योगमा काम गर्ने नौ जना मजदुरलाई कोरोना पुष्टि भएको छ।

अन्य संक्रमितको विस्तृत विवरण खुलिसकेको छैन। पर्सागढी नगरपालिकामा ४ जना र विन्दावासिनी गाउँपालिकाका ९ जनामा पनि कोरोना पुष्टि भएको छ।   उता बाराका ११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुको पनि नारायणी अस्पतालकै ल्याबमा गरिएको परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो।

प्रतिकृया दिनुहोस्