RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/७ गते
६९० पटक

काठमाडौँ । उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरेको छ ।

आइतबार बसेको बैठकमा किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले जानकारी दिए । सिडिओ दाहालले भने, ‘औषधी पसलको हकमा भने कुनै रोकतोक छैन ।’

 

प्रतिकृया दिनुहोस्