RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/८ गते
७१७ पटक

काठमाडौं , २ लाख ६ हजार ५०९ जनामा संक्रमण पुष्टि भएसँगै सोमबार बिहानसम्म संक्रमित हुनेको संख्या २ करोड ३५ लाख ८१ हजार ६१३ पुगेको छ । यस्तै एकै दिन थप ४ हजार २३५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख १२ हजार ४०७ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ६० लाख ७८ हजार ७३५ जना संक्रमण मुक्त भएका छन् ।कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ३०४ जनाको मृत्यु भएको छ । ३३ लाख ५४ हजार ७४१ जना संक्रमित भएकोमा १९ लाख ८५ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ३० हजार २४२ जनाको मृत्यु भएको छ । ६२ लाख ९८ हजार ३१४ जना संक्रमित भएकोमा ४९ लाख ८० हजार ३३८ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८९ हजार ४७ जनाको मृत्यु भएको छ । ५७ लाख ६४ हजार ७०८ जना संक्रमित भएकोमा ४२ लाख ९४ हजार २४४ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रतिकृया दिनुहोस्