RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१८ गते
१३२८ पटक

काठमाडौं  नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सदस्यहरूले शीर्ष तहमा रहेका नेताहरूले शासकको शैलीमा अझै परिर्वतन नआएको भन्दै यस्तो स्वभावलाई परिवर्तन गराउँनुपर्ने माग राखेका छन्।

बुधबारदेखि जारी रहेको केन्द्रीय कमिटीको बैठकको छलफलको क्रममा टोली नम्बर ४ का नेता जगन्नाथ खतिवडा र टोली नम्बर १२ का नेता रेणु दाहालले शासकीय स्वरूप परिवर्तनको विषय उठान गरेका थिए।

शनिबारको छलफलका क्रममा दुई समूहका टोली नेताले शासकीय स्वपरूप परिवर्तनको विषय उठान गरेका हुन्। बैठकमा नेताहरूले कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्नेमा मागसमेत गरेका छन्।

प्रधानमन्त्री कार्यकारी र राष्ट्रपति सेरेमोनियल रहने व्यवस्था रहेको छ। कार्यकारी राष्ट्रपतिको पक्षमा विभिन्‍न दलले समेत आवाज उठाइरहेको बेला नेकपाभित्र केन्द्रीय कमिटीको बैठकमार्फत नेकपामा पनि यस विषयले प्रवेश पाएको छ।

तत्कालीन माओवादी केन्द्र पक्षलाई द्वन्द्वकालीन घटनाले पटकपटक समस्यामा पार्दै आएको छ। केन्द्रीय कमिटीको पार्टीको एजेण्डाभन्दा बाहिरका धेरै कुराहरु केन्दिय कमिटिको बैठकमा उढाएक छन्

प्रतिकृया दिनुहोस्