RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/९ गते
७९७ पटक

काठमाडौँ, आज देशका केही भू–भागमा भारी वर्षा हुने अनुमान गरिएको छ । अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । अहिले बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् गंगा नगरकोटीका अनुसार अब क्रमिक रूपमा पानी पर्न रोकिएर मौसम खुल्दै जाने छ । दिउँसोपछि भने फेरि बादल लागेर कतै–कतै मेघगर्जनसहित पानी पर्न सक्ने उहाको भनाइ छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एकरदुई ठाउँमा आज दिउँसो ठूलो वर्षाको पूर्वानुमान गरिएको छ ।

यस्तै आज राति देशभरिकै मौसम सामान्यतया बदली भई प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक दुई ठाउँमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्