RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/९ गते
६७१ पटक

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३१३ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १९ हजार १ सय १९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

विगत २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पिसिआर परीक्षण भएको छ । त्यस्तै आइसोलेसनमा रहनेहरुको संख्या १४ हजार २ सय ५० रहेका छन् ।

प्रतिकृया दिनुहोस्