RaraNews

हरि बहादुर थापा प्रकाशित : २०७७/५/१० गते
२७१५ पटक
हरि बहादुर थापा

विषय प्रवेश
टे्रडयूनियन भनेको कामदारमाथी गरिने शोषणको विरुद्ध रोजगारीको सुरक्षा गर्न , कामको अवस्थालाई सुधार गर्दै लैजान र जीवन स्तरमा अभिवृद्धि गर्नका निमित्त विभिन्न पेशामा संलग्न कामदारहरु एकवद्ध भएर बनाउने सामूहिक र साँझा संगठन हो ।

कर्मचारी कामदारहरुद्धारा उनिहरुको स्वईच्छाले स्थापना गरिएको प्रजातान्त्रिक संस्था हो जसले कुनै पनि शक्तिको दवामा नपरि कामदारको हक हित र अधिकारको निम्ती सदैव कार्य गर्दछ ।

शारिरीक र मानसिक श्रम गर्नेने पेशागत हकहित र अधिकारका लागि स्थापित पेशागत संगठन अनि सेवाको दृष्टिकोण भएका उधोग , व्यवसाय , कलकारखाना ,शिक्षण संस्था कर्मचारी , संस्थान फर्म संचार कानुन आदि क्षेत्रमा कार्यरत श्रमजीविहरुको समग्र संगठनलाई टे्रड यूनियम भनिन्छ ।

जसमा कामदार , कर्मचारी सवै टे्रड यूनियन कर्मीहरु हुन् शारीरिक श्रमले गर्दा हरेक कार्यथलोमा आमूल परिवर्तनको महत्वपूर्ण भूमीका खेल्दछ , औधोगिक क्रान्तीको सफलत पश्चात श्रमिकहरुको पेशागत हकहित सेवाको न्युनतम सुरक्षाको प्रत्याभूतिका लागि प्रतिनिधीमूलक संस्थामा संगठित भई सामुहिक सौदाबाजिको माध्ययमबाट न्युनतम् आधारभुत संरक्षण गर्ने अवधारणाको विकास भएको पाईन्छ ।

औधोगिक क्रान्तीले परिकल्पना गरेको बढी उत्पादन ,बढी श्रम बढी प्रतिफलको उत्पादनमुखी र नतिजामुखी नयाँ मान्यताको पृष्ठभूमीमा औधोगिक प्रतिष्ठानमा कामदारहरुको धेरै कार्यवधी ,न्युनतम् वेतन् बाल मजदुर असुरक्षित र अस्वस्थ कार्य वातावरण जस्ता न्युनतम् आधारभुत्त समस्याहरु ग्रसित हुन पुगे यस परिवर्तन संन्दर्भमा श्रमको मूल्य र पेशागत सुरक्षा श्रमिकहरुको सरोकारको विषय बन्नु स्वाभाविक थियो यसै मूल मान्यताको विषयमा ।

परिवेशमा श्रमिक संगठन खोल्ने परिपाटिको विकास हुन गयो । अमेरिकामा सन् १८६६ मा स्थापित नेश्नल लेवर युनियन ,सन् १८६९ वेलायतमा स्थापित नाईट अफ लेभर जस्ता श्रमिक यूनियन गठनका प्रारम्भिक प्रयासहरु थिए । श्रमिकहरुको हकहितको संरक्षण गर्ने उद्धेश्यले गठित यी संगठनहरुको बालमजदुरको नियुक्तीमा बिशेष, प्रतिदिन ८ घण्टा भन्दा नि बढी समय कार्य लगाउन नपाउने उचित ज्याला श्रममा योगदान अनुसारको श्रममूल्य जस्ता पक्षहरुलाई श्रमिक अधिकारको विषयमा सामेल गराउने विषयलाई आफ्नो कार्यक्षेत्र बनाउदै गए ।

अमेरिका र बेलायतबाट सुरुवात भएको श्रमिक युनियनको यो अवधारणा प्रयोगले श्रमिकको हक हित , अधिकार प्राप्तीको दिशामा कोशेढुगां सावित भयो यो लहडलाई क्रमश अन्य विकसित विकासोन्मुख र औधोगिकरण झै प्रवेश गर्नेक्रममा रहेको मुलुकहरुको समेत अनुशरण गर्न पुगे यसै पृष्ठभूमीमा फ्रान्स जर्मनी र अन्य यूरोपेली मुलुकहरुमा श्रमिक आन्दोलन र श्रमिक युनियनको प्रयोग हुदै जाँदा १९ औ सताव्दीको मध्यसम्म श्रमिक यूनियनलाई अव नयाँ अवधारणा अनरुप लिनुपर्ने मान्यताको विकास भयर ट्ेडयुनियनको पार्दुभाव भएको पाईन्छ ।

यसरी औधोगिक क्षेत्रमा कार्यरत श्रमिक (ब्ल्यु कलर जव) जव अधिकारको संरक्षणको अभियानबाट सुरु भएको यो प्रयास वर्तमान समयसम्म आई पुग्दा ट््ेड युनियन श्रमिक कामदारहरुको दायरामा मात्र सिमित नभई संगठित वा असंगठित अन्य गैर औधोगिक क्षेत्रमा कार्यरत पेशागत समूह (ह्वाईट कलर जव) पेशागत हकहित संरक्षणको षयन्त्र र प्रजातान्त्रिक अधिकारको रुपमा आयर स्थापित भईसकेको छ ।

सन् १९१९ मा अन्तराष्ट्रिय श्रम संगठन आई एल ओ को स्थापना भय पश्चात ट्ेड यूनियन अधिकारको विधिवत मान्यता पाएको छ ।संयुक्त राष्ट्यि मानव अधिकार १९४८ मा यस सम्वन्धी प्रावधान प्रतिविम्वीत हुनु यसको उदहरण समेत हो ।
कन्भेसन् १३८ र १८२ ः बालश्रमिक व्यवस्था राख्ने व्यवस्थाको समाप्ती
कन्भेसन् १०० र १११ श्रमिक विच भेदभाव नगर्ने र समान कामको लागि समान तलव
कन्भेसन् २९ र १०५ बधु वा श्रमिक राख्ने व्यवस्थाको समाप्ती
कन्भेसने ८७ र ९८ संगठन खोल्ने र सामुदायिक सौदावाजिको अधिकार
नेपालमा टे्ड यूनियनको विकासक्रम
वि सं. १९९३ मा कम्पनी कानुन बनेपछि मोरगं कटन मिल, विराटनगर जुट मील, जनकपुर चामल मील , विरगंज कपडा उधोग जस्ता संस्थाहरु खुले त्यस लगतै वि सं. २००३ सालमा अल नेपाल टे्रड यूनियन कांगे्रसको स्थापना , वि सं. २००४ सालमा विराटनगर जुटमीलमा हड्ताल , २००७ सालमा मेडिकल यूनियनको स्थापना ,२०१३ सालमा नेपाल बार एसोसियसनको स्थापना, २०१५ मा नेपाल ईन्जीयनेरिगं एसोसियसनको स्थापना , २०१८ सालमा नेपाल नर्सिगं यसोसियनसको स्थापना , २०१९ मा नेपाल प्राध्यापक संघको स्थापना ,२०४७ मा त्रि.वि.कर्मचारी संघको स्थापना भएको पाईन्छ ।

यूुनियनको आवश्यकता र महत्व ः
पेशागत हकहितको प्रतिरक्षा गर्न
सवैकर्मचारीहरुलाई एक आपसमा आवद्ध गर्न र समन्वयात्मक भावनाको सृजना गर्न
श्रमको पारिश्रमिक पाउन र श्रमको शोषणबाट बञ्चीत रहन
सेवा सुरक्षाको प्रत्याभुति दिलाउन
कर्मचारीहरुर्ला कर्तव र दायित्को बोध गराउन
व्यवस्थापनलाई सुड्रीढ र प्रभावकारीता ल्याउन
व्यवस्थापनलाई कर्मचारी विरुद्ध स्वच्छारी ढंगले निर्णय गर्न रोक लगाउन ।
विद्यमान ऐन नियममा समसामयिक परिवर्तन ल्याउन ।
व्यक्तिगत र सामुहिक दुखेसो व्यवस्थापन समक्ष प्रस्तुत गर्न
तोकिएको सेवा प्रतिष्ठीत र गरिमामय तुल्याउन
एकता नै बल हो भन्ने सिद्धान्त प्रमाणित गर्न
टे्रड यूनियनलाई लागेका आरोपहरु

टे्रड यूनियन आफुलाई शासक हो भन्ने नठानी आफूलाई राज्यले परिचालन गरेका एक अंग हौ जो जनताले तिरेको राजश्वबाट आफुु जीवनयापन गरिरहका छौ त्यसैले आफुलाई सार्वजनिक सेवा संचालनमा जनताको जीवनमा खुशी ल्याउन सक्नुपर्छ कसैलाई पनि काम नगरी खान छुट छैन ।

सार्वजनिक सेवा प्रवाहमा प्रभाकारिता अभिवृद्धि गर्ने सिर्जनशील काम गर्ने उद्धेश्य राखि टथस्त भएर कार्य संचालन पैरवी गर्दै जनताको सेवा गर्नुपर्दछ । आज सरुवा बढुवामा मात्र टे्रड यूनियनले ध्यान दिने गर्नाले आम रुपमा टे्रड यूनियनको छबी नै धमेलिएको छ भन्ने आरोप आईरहेको छ भने एकातिर मन्त्री र कर्मचारी विच झगडा अनि राज्यले सरुवा गरेको ठाँउमा नजानु जस्ता आरोप लागिरहेको छ ।

त्यति मात्र होईन संगठनमा आवद्ध भएका कर्मचारीहरु खटाएको ठाउमा नजाने अनि समायोजित भएका ठाउमा बीच बाटोमै वेपता भन्ने खवर अखवारमा समेत पढ्न पाईन्छ । अनि हाल दिनानुदिन कार्यालयमा अख्तियारले छापा हान्दा कैयौ कर्मचारी भष्टचारको मुछिरहेको छन् ।

करिव ६० वर्षको आधुनिक पेशागत रुपमा स्थापना भएका टे्रड यूनियन राजनैतिक हस्तक्षेपमा परेको अवस्था छन् पछिल्लो समयमा प्रशासन तटस्थता , निस्पक्षता र प्रतिवद्धताको विषयमा धेरै वहस भएतापनि सोहिअनुुसार बुझाईको स्तर र आचारण अनुरुप पद्धतिको विकास नगरिकनै अनि बुझे पनि नवुझेरे कार्य गरि योग्यता र सक्षमता अनि च्ष्नजत mबल ष्ल तजभ चष्नजत उयकत भन्ने विश्वव्यापी अभ्यास र चाहना विपरित इगच mबल ष्क तजभ नययम उयकत को अभ्यास बढदै गएको पाईन्छ जसले उपयुक्त होईन उपलव्ध भिडलाई प्रश्रय दिदै आएको छ ।

आज कार्यालयमा कसैलाई काम लगाउन र निर्देशन दिन कठिन छ कर्मचारी सिटमा हुदैनन् यात कुनै अवसर प्राप्तीका लागि संगठनको व्यक्ति तथा कार्यालय धाउदै गरेको पाईन्छ भन्ने गुनासो पाईन्छ । कुनै कुनै कर्मचारीले आश्रय दिएन भने कुनै कर्मचारुको सरुवा हुदैन भएपनि राम्रा मानिएका ठाउँमा हुदैन कहि कैत झुक्कियर भएतापनि बस्न पाईदैन त्यसैले होला म फलानो कर्मचारी भन्दा पनि म फलानो संगठनको फलानो मान्छे भनेर परिचय दिने चलन छ ।

यस्तो भएको खण्डमा कहाँको मनोवल, कहाँको उत्पादकत्व कहाँबाट सुुशासनको प्रत्याभुती गर्ने राज्यको ईच्छाशक्ति अनि समृद्ध नेपाल सुखी जनता नारा केवल नारामै सिमित नहोला भन्न सकिन्न ।

बदलिदो परिस्थिमा टे्रड यूनियनको भूमीका
विश्वका उन्नत राष्ट्रहरुले आफ्ना पेशागत कर्मचारीहरुको हकहित र पेशागत एकतद्धताका लागि विभिन्न किसिमका व्यवस्था मिलाएको पाईन्छ भने जसरी राजनैतिक पार्टीबीच आपसमा खिचातानि र लडाई छ त्यसरी नै टे्रड यूनियमा आवद्ध कर्मचारी पनि राष्ट्रिय पार्टीको रुपमा विभाजित भई काम गर्न थालेको अनुभव चारैतिबाट गरिन थालिएको छ ।

यसरी कर्मचारी टे्रड युनियन आफ्नो हकहितका लागि एकताबद्ध हुनुपर्नेमा पार्टिको हितका लागि पार्टीको कार्यकर्ता भएर कार्य गरिरहेको छन् भन्ने गुनासो पाईएको छ । एउटा संगठनको विरुद्धमा अर्को संगठन उत्रने वाकयुद्ध गर्ने कहिलेकाही हातबातका छिटफुटका घटना पनि सुन्नमा पाईयो । जसले गर्दा सार्वजनिक प्रशासनमा टथस्थता माथि नै प्रश्न चिन्ह लाग्ने गरेको छ ।

नेपाल जस्तो गरिव मुलुक अनि भर्खर संघीयताको विजारोपनको मलजल गर्नुपर्ने अनि जनतासँग सहकार्य गर्दै विकास र निर्माण कार्यमा ठोस योगदान पुर्याउनु पर्ने आवश्यक देखिन्छ ।कर्मचारीहरुलाई दल गुट उपगुट भित्रको व्यक्ति विशेषको स्वार्थ अनुसार संचालित भएको र त्यसबाट फाईदा लिने प्रवृति प्रशस्तै गुनासो सुनिन्छ ।

राजनितीक हस्तक्षेप बढेको समयमै स्वयं कर्मचारीको दलियता भागवण्डाले मुलुकमा कानुनको पालना गराउने र आम जनतालाई सुशासनको प्रत्याभुति दिलाउन जिम्मा लिएको सरकारले आफ्ना माताहतका कर्मचारीलाई न्याय गर्न न्याय गर्न एवं समान अवसर र डण्ड पुरस्कार दिनु पर्दछ भने अर्का तर्फ आफ्ना संगठनमा आवद्ध कार्यकर्ता भन्दा अन्यायमा परेका ,

राज्यले सुनुवाई नगरेका , विभेदमा परेका र सेवा प्रवाहमा विकृति ल्याउने , भष्टाचार गर्ने , नागरिलाई सेवा प्रबाह सहज नगर्ने कर्मचारी , कार्यालयलाई सुधार गर्न तथा कर्मचारीको वृत्तिमा राजनितीक दल वा अन्य क्षेत्रबाट हुने अस्तक्षेपको विरुद्धमा निष्पक्षता र टतस्थाको लागि सौदावाजी र संवाद गरेमा सेवामा टे्रड यूनियनको व्यवस्था फलदायी हुनेछ अन्यथा दलियता र आफ्नाको लाभ र भलाईका लागि सेवा प्रवाह नगरी दलको झण्डा बोक्ने र टे्रड यूनियनको अभ्यासले नागरिकको सेवा पाउने हकको उल्लगंन हुने एवं नागरिक सेवामा समेत विभेद हुन्छ ।

टे्रड यूनियनको सवैभन्दा राम्रो पक्ष भनेको व्यक्तिगत स्वार्थ सवैभन्दा कम र सामूहिक स्वार्थ बढी हो यसरी टे्रड यूनियन कर्मीहरुले राजनिती विचार वा दर्शनलाई पेशागत कलात्मकतामा संयोजन गर्ने शीप टे्रड यूनियनका कर्मचारीहरुमा हुनुपर्दछ । सभ्यता र शिष्टताका आधारित कला कला संयोजन र सेवा हुन सक्यो भने एउटै दलका फरक फरक गुट मात्र होईनन् सवै विचार बोक्ने समूह र उप समूहहरु पनि पेशागत धर्म निर्वाह गर्न एकै ठाउँमा आउन सक्दछन् त्यसै गरि सार्वजनिक सेवामा पैरवी गर्छौ भनि सरकारी राज्यको नुन पानी खाएका उपल्लो तहमा कार्यरत प्रशासकहरुले पनि विधी ,

निती र पद्धति मार्फत शासन षयन्त्र प्रभावकारी बनाउदै सेवाको भावना जागृत गराएर उच्च मनोवलका साथ सेवा प्रवाहमा निष्पक्षता प्रमावकारीता र पारदर्शिता ल्याई राष्ट निर्माणमा योगदान पुर्याउन सक्यो भने टे्रड यूनियनको सपना साकार हुनेछ । नत्र भने वेला बेला टे्रड यूनियनको गलत प्रयोग तथा अभ्यासले गर्दा राज्यले खारेजिको माग गर्नुपर्ने माग पनि नआउला भन्न सकिदैन ।

त्यसैलेयसबाट राज्यले लिईएको नीति अनि सुशासनको चाहना केवल कोरा कल्पना मात्र हुनेछ । त्यो दुःखद दिनको आगमन सरकार टे्रड यूनियन कर्मी आम कर्मचारीले आफ्ना अभ्यासलाई पुनराबलोकनका लागि एक पटक सोच्नु जरुरी छ जोकी भर्खरै राज्य पुर्नसंरना सहित संघीयताको श्रीअन्तु भएको छ जसलाई सफल पार्नका लागि पेशागत संगठनले नेतृत्वदायी भूमीका सहित हाम्रा भन्दा पनि राम्रालाई छान्ने संस्कृतिको विकास गरिएको खण्डमा यी सवै विवादहरु समाप्त हुदै गई असल संस्कृतिको विकास हुनेछ भने सरकारले अवलम्वन गरेको समृद्ध नेपाल सुखी जनता भन्ने नारालाई निर्णयकारी भूमीका खेल्ने सेतुको रुपमा पेशागत संगठनले भूमीका खेल्दै नेपाल अल्पविकसित मूलकबाट विकसित मुलुक हुर्द समाजबादको मुलुक तर्फ लम्किदै सफल देशको रुपमा चिनेन छ ।

[लेखक :  थापा त्रिवि कर्मचारी संगठन ५ नं प्रदेशका सह –संयोजक हुन]

इमेल [email protected].

प्रतिकृया दिनुहोस्