RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/१० गते
६०६ पटक

सुर्खेत : कर्णाली प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ६ जना मात्रै रहेको छ । मंगलबार थप १८ जनामा कोरोना पुष्टि भएपछि सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ६ पुगेको हो ।

कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २ हजार ३ सय १३ रहेको छ । जसमा २ हजार ७ जनाले कोरोना जितेर डिस्चार्ज भइसकेका छन् भने सक्रिय बिरामीको संख्या ३ सय रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाले जनाएको छ ।

मंगलबार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ११, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ६ र दैलेख अस्पतालमा १ जना गरी पछिल्लो २४ घण्टामा १८ जना संक्रमित थपिएका छन् । जसमा सुर्खेतका ४, दैलेखका ४, सल्यानका २, धनुषा १, कञ्चनपुर १, कालिकोट ४ र जुम्लाका १ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस्