RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/१० गते
८४८ पटक

काठमाडौं,   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरबारमा रहेका वरिष्ठ सहसचिवहरूलाई प्रदेशमा पठाउँदै ६० जना सहसचिवको एकैपटक सरुवा गरेको हो ।

सरुवा अनुसार अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल सूदुरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा हुनुभएको छ भने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी वन तथा वातावरण मन्त्रालयका १२ जना सहसचिवको सरुवा भएको छ । यसअघि विभिन्न सातवटा प्रदेशमा सचिवका रुपमा काम गरेका सचिवहरूको वन तथा वातावरण मन्त्रालय सरुवा गरी मन्त्रालयमा कार्यरत सहसचिवहरूलाई प्रदेशमा पठाइएको छ । जसअनुसार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश १ मा मेघनाथ काफ्ले सरुवा हुनुभएको छ ।

यस्तै आन्तरिक तथा कानुन मन्त्रालय प्रदेश २ का सचिव कृष्णहरी पुष्करको गृह मन्त्रालयमा सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सहसचिव दिनेश घिमिरे मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय प्रदेश १ मा सरुवा हुनुभएको छ । यसैगरी प्रदेश २ मा रामचन्द्र कंडेलको सरुवा भएको छ । कंडेल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा निमित्त महानिर्देशक हुनुहुन्थ्यो ।

यस्तै गण्डकी प्रदेशमा महेश्वर ढकाल, प्रदेश ५ मा राजेन्द्र केसी, र सुदूरपश्चिम प्रदेशमा यज्ञनाथ ढकाललाई सरुवा गरिएको छ । सरुवाअनुसार बागमती प्रदेशमा वन तथा वातावरण मन्त्रालयको योजना महाशाखाका प्रमुख सिन्धु ढुँगानालाई पठाइएको छ ।

प्रतिकृया दिनुहोस्