RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/११ गते
५०० पटक

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ११११ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ११११ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ३५ हजार ५२९ पुगेको छ ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ६२९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा.गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप ५६९ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको संख्या २० हजार ७३पुगेको छ।

 

प्रतिकृया दिनुहोस्