RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१९ गते
५३९ पटक

रोल्पा- तोकिएको समयभित्र काम नगरेको भन्दै एक निर्माण कम्पनीको ठेक्का सम्झौता तोडिएको छ । ४४ करोड २३ लाख चार हजार पाँच सय ९३ रुपैयाँ २८ पैसा लागतमा २० किलोमिटर कालोपत्रे गर्ने जिम्मा पाएको जेजेइसिसिएल–पप्पु–कोसी एन्ड न्यौपाने जेभीसँगको ठेक्का सम्झौता तोडिएको हो ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका प्रमुख मोहदत्त भट्टका अनुसार सन् २०२३ सम्ममा प्रदेश ५ का १६ जिल्लाका २७ वटा सडक गरी तीन सय ८८ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य उक्त आयोजनाको छ । त्यसअन्तर्गत पूर्वी रोल्पाको सुलीचौर हुँदै गाम जोड्ने सडकखण्डको सेवारदेखि स्युरीसम्मको उक्त सडक एसियाली विकास बैंक (एडिबी) को ८० प्रतिशत ऋण र सरकारको २० प्रतिशत लगानीमा कालोपत्रै हुँदैछ ।

आगामी वैशाख ७ गतेभित्र कालोपत्रे गर्नेगरी ठेक्का सम्झौता गरेको उक्त निर्माण कम्पनीले १५ प्रतिशतजति काम पनि नगरेपछि यही माघ ११ गते विधिवत् रूपमा सम्झौता तोडिएको हो । ३० मार्च २०१८ मा निर्माण सम्झौता भएको सो सडक निर्माणपछि पनि तीन वर्षसम्म निर्माण कम्पनीले नै मर्मत गर्नेगरी जिम्मा दिइएको थियो ।नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्