RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/१२ गते
१०१९ पटक

विराटनगर । सुनसरीको धरानस्थित् वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारतः कोरोना संक्रमित दुईजनाको मृत्यु भएको छ ।

। झापा दमकका पुरुषको शुक्रबार बिहान ३ः४५ बजे र बेलबारी निवासी महिलाको ३ः१४ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि बी एण्ड सी टिचिङ अस्पतालमा भर्ना हुनु भएका दमकका ती पुरुषमा ३ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि वीपीमा ३ गतेनै भर्ना गरिएको थियो । मृगौलाको दीर्घ रोगी पुरुषमा उच्च रक्तचाप, मधुमेह र अल्प रक्त कोशीकाको समस्या समेत रहेको प्रवक्ता सापकोटाले बताए ।

यसैगरी मोरङ बेलबारी–५ की ती महिलामा यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्