RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/१३ गते
५७० पटक

काठमाडौं विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेको संख्या २ करोड ४८ लाख ९७ हजार २८१ पुगेको छ ।

अहिले विश्वभरी २ करोड ४८ लाख ९७ हजार २८१ संक्रमित हुँदा १ करोड ७२ लाख ८५ हजार ९०७ जनाले कोरोनालाई जितेका छन् । संक्रमितमध्ये ६७ लाख ७० हजार ७४१ जनामा कोरोना भाइरसका एक्टिभ केस छन् । उनीहरुको विभिन्न अस्पतालका आइसोलेसन तथा होम आइसोलेसनमा उपचार भइरहेको छ ।

सक्रिय संक्रमित ६१ हजार २८९ जनाको अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा २ लाख ८२ हजार ७०६ संक्रमित थपिएका छन् । ५ हजार ६६७ जनाले ज्यान गुमाएका छन् । चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले सबैभन्दा धेरै अमेरिकामा छ ।

अमेरिकामा ६० लाख ९४ हजार ५५७ जना मानिस संक्रमित हुँदा १ लाख ८५ हजार ८७३ जनाले ज्यान गुमाएका छन् । ३३ लाख ७१ हजार ५९२ जनाले कोरोनालाई जितेका छन् ।

प्रतिकृया दिनुहोस्