RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/१३ गते
९५८ पटक

ललितपुर । पाटन अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंकी ५१ वर्षीया महिला र भक्तपुरकी ६२ वर्षीया रहेका छन् ।

उनीहरु दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो । पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले दुवैजनाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको पुष्टि गरे ।

उच्च रक्तचापको समस्या रहेकी काठमाडौँकी महिला ३० साउनमा पाटन अस्पतालमा भर्ना भएकी थिइन् । उनको शुक्रबार राति १० बजेको समयमा मृत्यु भएको शाक्यले बताए ।

भक्तपुरकी महिला ८ भदौमा अस्पताल भर्ना भएकी थिइन् । डा. शाक्यका अनुसार उनको शनिबार बिहान ६ बजे मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्