RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/१५ गते
६५० पटक

काठमाडौं :  आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।सरकारले  आन्तरिक उडान र लामो दूरीको यातायात भदौ मसान्तसम्म सञ्चालमा रोक लगाएको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले  आन्तरिक उडान र लामो दूरीको यातायात सञ्चालनमा भदाैभर रोक लगाएको हो।

कोरोना संक्रमण बढ्दै जाँदा सरकारले देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा गरेको छ। काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा रहेको छ। नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुग्दा ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ।
ति मन्त्रीका अनुसार कोरोना संक्रमण बढ्दै जाँदा  आन्तरिक उडान र लामो दूरीको यातायात खोल्ने अवस्था नबनेपछि भदौभर सञ्चालनमा रोक लगाउने निर्णय भएको हो।

त्यसैगरी, सरकारले उदयबहादुर रानामगरलाई हङकङ र मकाउका लागि महावाणिज्यदूत नियुक्त गरेको छ भने नवराज ढकाललाई ल्हासाका लागि  महावाणिज्यदूत नियुक्त गरेको छ।

प्रतिकृया दिनुहोस्