RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१९ गते
११३६ पटक

“छोरी मान्छेले किन पढ्नुप-यो ?” कतिपय अभिभावकले अझै पनि यस्तो प्रश्न गर्न छाडेका छैनन् तर अभिभावकलाई चित्तबुझ्दो जवाफ दिन अब छोरी सक्षम भइसकेका छन् ।

बालिका शिक्षाको अवस्था कमजोर मानिएको कपिलवस्तु जिल्लाको दक्षिणी भेगमा छोराछोरीलाई विद्यालय पठाएबापत विपन्न र गरिब अभिभावकलाई आयआर्जन र रोजगारीका लागि सहयोग हुन थालेपछि शिक्षामा सुधार आउन थालेको छ । कपिलवस्तु जिल्ला मानव विकास सूचकाङ्कमा पछाडि रहेकोमध्ये एक जिल्ला हो ।

साना बहिनीको शिक्षामा सघाउन स्थानीय सरकारको समन्वयमा सामाजिक अभियानकर्मी र ठूला दिदीे समूहले बनाएर काम गरेपछि अभिभावकको मनस्थिति बदलिएको देखिन्छ ।

विद्यालय तहका माथिल्लो कक्षामा अध्ययनरत दिदीहरुले तल्लो तहका बहिनीलाई शिक्षा र सामाजिक क्षेत्रमा सहयोग गर्ने क्रममा निर्मित शुद्धोधन गाउँपालिकाको मुडफुटुवास्थित नेपाल राष्ट्रिय माविका ममता पाण्डे, सृष्टिकुमारी पाण्डे र जाता कुर्मी आफ्नो प्रयासबाट बहिनीको शिक्षामा आएको सुधारबाट सन्तुष्ट छन् ।

पहिला पढाइमा कमजोर भएका बहिनी पहिलापहिला बोल्न पनि डराउँथे । अहिले पढाइमा राम्रो नतिजा आउन थालेको छ । दिदीहरुका समूह बहिनीको घरमा नियमित जाने र अभिभावकलाई भेट्दै विद्यालय नपठाउने अभिभावकलाई परामर्श दिने गरेपछि बहिनी विद्यालयमा नियमित जान थालेका छन् ।गोरखापत्र दैनिकबाट….

प्रतिकृया दिनुहोस्