RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/१५ गते
६४१ पटक

दमौली । गरिमा विकास बैङ्कमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैङ्कमा कार्यरत श्रीमान्मा कोरोना पुष्टि भएपछि बन्दीपुर गाउँपालिकाले दुवै बैङ्क तत्कालका लागि बन्द गर्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

“बन्दीपुरस्थित बैङ्कमा काम गर्ने श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमित भएको अबेर मात्रै थाहा पायौँ”, थापाले भने, “सम्बन्धित दुवै बैङ्कलाई एक हप्ताका लागि कार्यालय बन्द गर्न भनेका छौँ ।”

यस विषयमा छलफल गर्न सोमबार आकस्मिक बैठक डाकिएको र उक्त बैठकले थप निर्णय गर्ने थापाले बताए ।

भानु–६ निवासी २३ वर्षीय ग्लोबल आईएमई बैङ्क र २५ वर्षीया गरिमा विकास बैङ्कमा कार्यरत छन् । बन्दीपुर गाउँपालिकामा एक हप्तादेखि जारी निषेधाज्ञा आइतबार खुले पनि दुवै जना बैङ्कमा भने आएका थिएनन्  ।

 

प्रतिकृया दिनुहोस्