RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/१८ गते
५७० पटक

बागलुङ : जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार १३ जना बेपत्ता छन्।  राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ५,६,७,८ र ९ का ३० भन्दा बढी घर बगाएको छ।

अहिलेसम्म बाढीमा परेर मृत्यु भएका नौ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए। मृतकमध्ये तीन जना पुरुष र एक बालिकासहित ६ जना महिला छन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीमा बेपत्ता हुनेमा ढोरपाटन नगरपालिका ९ बस्ने ३५ वर्षीया कौशला पुन, उनको ६ वर्षीय छोरा हिक्मत पुन, ३५ वर्षीय जीतबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, २८  वर्षीया कुमारी बि.क.,  १९ वर्षीया पुतली बि.क., ३२ वर्षीया करमती घर्ती मगर, ३५ वर्षीया रीना घर्ती मगर, ३५  वर्षीया दिलमाया घर्ती मगर, उनको ६ वर्षीय छोरा रहेका छन्।

यसैगरी ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन, गलकोट नगरपालिका- ४ घर भई ढोरपाटन घुम्न गएको २४ वर्षीय नविन भण्डारी बेपत्ता भएका छन् भने भण्डारी सँगै घुम्न गएका अन्य ३ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रेग्मीले जानकारी दिए।

बाढीले सडक छेउमा पार्किङमा राखेको जीप, २ वटा विद्युत गृह, स्वास्थ्य चौकी भवन, एक वटा झोलुङ्ले पुल, ढोरपाटन ९ को सरस्वति आधारभुत विद्यालय र जनचेतना प्राथमिक विद्यालय भवनसमेत बगाएको छ।

प्रतिकृया दिनुहोस्