RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/१८ गते
८५८ पटक

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ४२ हजार ८७७ पुगेको छ ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार ४१३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप ९१७ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको संख्या २४ हजार २०७ पुगेको छ। देशभर कोरोना निको हुने ५६ प्रतिशत पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा ६७४९ जना रहेका छन्।

प्रतिकृया दिनुहोस्