RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/१९ गते
६४९ पटक

विभिन्न प्रकोपबाट प्रभावित कर्णालीका नागरिकहरुका लागी भोक विरुद्ध कर्णाली सहायता अभियान शुरु भएको छ । महामारी र प्रकोप प्रभावित कर्णालीका समुदायका लागी भोक विरुद्ध सहायता अभियान जाजरकोटबाट शुरु गरिएको छ ।

दैबीक प्रकोपबाट प्रभावित विहान वेलुका चुलो बाल्न नसक्ने कर्णालीका विपन्न गरिव नागरिकहरुका लागी सकारात्मक सोच र जिवन रुपान्तरणका विश्व प्रशिक्षक नर बहादुर कार्कीको विशेष पहलमा भोक विरुद्ध सहायता अभियान संंचालन भएको हो । हालै विश्व व्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९, सलह, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट गर्भवती, सुत्केरी, एकल महिला,असहाय, श्रमिक लगाएत विपन्न वर्गका नागरिकहरु प्रभावित भएकोले घरमा चुलो बाल्न नसक्ने नागरिकहरुलाई सहज रुपमा चुलो बाल्न सहयोग पुरयाउने उद्धेश्यले मानविय सेवाका रुपमा आफुले भोक विरुद्धको सहायता अभियान संचालन गरेको सामाजिक अभियान्ता नर बहादुुर कार्कीले बताउनु भयो ।

गरिव विपन्न तथा महामारी प्रकोपबाट प्रभावित कर्णालीका समुदायलाई लक्षित गरि उक्त अभियान संचालन गरेको अभियान्ता कार्कीको भनाई छ । भोक विरुद्ध सहायता अभियान जाजरकोटका सात वटै पालिकामा २ सय ९० घरधुरीका विपन्न नागरिकहरुलाई चामल र दाल वितरण गरिने अभियान्ता कार्कीले जानकारी दिनु भयो ।

भोक विरुद्ध सहायता अभियानले संचालन गरेको कार्यक्रमलाई जिल्ला स्तरिय विपद सरोकार समितिको सक्रियतामा पहिलो चरणमा जाजरकोटको छेडागाड नगरपालिकाका ४०, जुनीचाँदे गाउँपालिाकका ३०, र शिवालय गाउँपालिकाका ३० जना गरि जम्मा १ सय घरधुरीका विपन्न नागरिकलाई दाल र चामल वितरण गरिएको छ । दैवि प्रकोप र महामारीले विहान वेलुका चुलो बाल्न नसक्ने विपन्न नागरिकलाई प्रतिपरिवार २५ किलो चामल र ५ किलो दाल वितरण गरेको विपद सरोकार समितिका सदस्य राजेन्द्र कार्कीले वताउनु भयो ।

अवको केहि दिनमै भेरी नगरपालिकाका ३० नलगाड नगरपालिकाका ३० कुसे गाउँपालिकाका ३० र बारेकोट गाउँपालिकाका १ सय विपन्न घरपरिवारलाई चामल दाल वितरण गरिने डिस होम जाजरकोटका प्रोपाईटर बसन्त प्रसाद शर्माले वताउनु भयो ।

जाजरकोटबाट शुरु गरिएको भोक विरुद्ध सहायता अभियान कर्णालीका अन्य जिल्लामा पनि संचालन गरिने अभियान्ता कार्कीले वताउनु भयो । खान नपाएर कोहि पनि मानिस मर्न नपरोस भनेर अभियानको थालनी गरेको वताउदै हामीलाई विभिन्न व्यक्ति तथा संस्थाले गरेको सहयोगबाट उत्साहित भएको छौ कार्कीले भन्नु भयो ।

सवैको साझा प्रयासबाट हुनेबाट मागेर नहुनेलाई दिने अभियान संचालन गरिएको हो । विपन्न वर्गको चुलो बल्न सकोस भन्ने अभियानको उद्धेश्य हो । सहायता अभियानका लागी डिस होम प्रालि, लाईन्स क्लब, हेम एण्ड माया फाउन्डेसन, आठराई प्रकाशन, भुपु गोर्खा सत्याग्रह समिति, सर्मपण सेवा संस्था, संगम पब्लिकेशन, वि सर्भ, रिड मोर पब्लिकेशन लगाएतका संघसंस्था लगाएत व्यक्तिगत सहयोगमा आर्थिक स्रोत संकलन भएको अभियान्ता कार्कीले वताउनु भयो ।

दाल चामल पाएपछि जुनीचाँदे गाउँपालिका ४ का कलबीर नेपालीले घरमा अन्न नभएपछि कसरी छाक टार्ने भन्ने समस्याले सताईरहेको थियो खाद्यान्न पाएपछि पेट भर्न पाईने भयो दातालाई धन्यवाद दिएका थिए ।

शिवालय गाउँपालिकाका उपाध्यक्ष कुमारी थापा वडा अध्यक्ष मान बहादुर पुन, छेडागाड नगरपालिका ५ का वडा अध्यक्ष महेन्द्र बहादुर शाही जुनीचाँदे गाउँपालिकाका कार्यवाह अध्यक्ष शिवा आचार्यले राहत हस्तान्तरण गर्नु भएको थियो । डिस होम जाजरकोट प्रतिनिधि बसन्त प्रसाद शर्माले भोक विरुद्धको अभियानमा डिस होमले नगद दुइै लाख सहयोग गरेको वताउनु भयो ।

जुनीचाँदे गाउँपालिकाका कार्यवहाक अध्यक्ष शिवा आचार्य,शिवालय गाउँपालिकाका उपाध्यक्ष कुमारी थापाले भोक र गरिवीले आक्रान्त भएका आफनो पालिकाका नागरिकहरुलाई खाद्यन्न सामाग्री उपलब्ध गराएकोमा खुशी अभियान्ता कार्की अभियानमा सहभागीहरुलाइ धन्यवाद दिनु भयो । निरन्तर सहयोग र सहकार्यका लागी शुभेक्षा प्रकट गर्नु भयो ।newsofnepal.com

प्रतिकृया दिनुहोस्