RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/२१ गते
५५६ पटक

काठमाडौँ ।  विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि मास्कको प्रयोग बढाउन व्यक्तिको उमेर, पेशा र रुचिअनुसारको मास्कको उत्पादनले सहयोग गर्ने डा. पाण्डेले बताए ।

कोभिड–१९ को संक्रमण देशभरि बढीरहँदा मास्कको प्रयोगलाई संक्रमण रोक्ने सबैभन्दा बलियो अस्त्रका रुपमा हेरिएको छ । बजारमा अहिले पनि सबै उमेरका लागि फरक आकारका मास्क नभएको उनको भनाई छ ।

अरु मास्कको तुलनामा महङ्गो पर्ने भएकाले आमनागरिकले एन ९५ लगाउन जरुरी नभएको डा. पाण्डेको भनाइ छ । यो  धोएपछि कसिलो नहुने भएकाले धेरै धुन मिल्दैन ।

बिस्तारै, एक व्यक्तिबाट अर्काे व्यक्तिमा भाइरस मात्रै जाँदैन बोल्दा, खोक्दा, वा हाछ्युँ गर्दा त्यो कणसँगै जान्छ भन्ने अध्ययनले देखायो । त्यो कण आँखाले नदेखेपनि ठूलो आकारको हुन्छ ।

तीन किसिमका मास्कसँगै बजारमा रुमाल वा पछ्यौरा, सल, गलबन्दी प्रयोग पनि बढीरहेको देखिन्छ । पछिल्लो अनुसन्धानले एक दुई पचास, सय भाइरस प्रवेश गर्दैमा संक्रमण हुँदैन र संक्रमण हुन एकदेखि तीन हजार भाइरस आवश्यक पर्छ भन्ने देखाएको छ । त्यसैले पनि मास्क वा अरु कपडाको प्रयोग गरी नाक, मुख छोप्दा भाइरसको लोड कम हुने डा. पाण्डेको धारणा छ ।

आमनागरिकले दैनिक घरबाहिर निस्कँदा कपडाकै मास्क  प्रयोग गर्नसक्ने उनको सुझाव छ । कटन वा मलमल कपडाको दुई तीन पत्र बनाएर सिलाएको मास्कले संक्रमणबाट बच्न सघाउँछ । कतिपयले एकभन्दा बढी मास्क लगाएको पाइन्छ । सुरक्षाका हिसाबले एक तहको मास्क एकभन्दा बढी लगाउनु राम्रो भएपनि यसबाट सास फेर्न गाह्रो हुन्छ ।

चिकित्सकले लामो समयसम्म लगाउनुपर्ने हुँदा दैनिक परिवर्तन गरिराखे पनि आमनागरिकले एन ९५ वा के ९५ मास्क केही दिनसम्म प्रयोग गर्न सक्छन् । यो मास्क वा कपडाको मास्क घर बाहिरबाट आएपछि घाममा सुकाउने र भोलिपल्ट लगाउने गरी प्रयोग गर्न सकिन्छ । सर्जिकल मास्क धोएर प्रयोग गर्न मिल्दैन भने अरु घाम वा हावामा झुण्डाएर तीनचार दिन प्रयोग गर्न सकिन्छ ।

कस्तो मास्क लगाउने भन्नेसँगै कसरी मास्क लगाउने भन्ने कुराले पनि सङक्रमण रोक्न सकिन्छ । मास्क लगाउँदा कसिलो हुनुपर्छ र हावा छिर्ने हुनुहुँदैन । पातलो मान्छे वा अनुहार सानो अनुहार लगाउँदा आँखा मुनिको भागबाट हावा छिर्ने सम्भावना हुने भएकाले ध्यसमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।

कोभड–१९ को रोकथामका लागि मास्क प्रयोगले सहयोग पुग्ने विभिन्न देशको प्रयोगको दरले देखिएको छ । चीन, जापान, कोरिया, कम्बोडिया, भुटान, सिङ्गापुरलगातका ९० प्रतिशत बढी जनसङ्ख्याले मास्क प्रयोग गर्ने देशमा कोभिड चाँडो नियन्त्रणमा आएको पाइएको छ ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि मास्कको प्रयोग बढाउनैपर्छ । सरकारले कडा नियम बनाएर मास्कको प्रयोग बढाउन सक्ने डा. पाण्डेको तर्क छ । अहिले प्रशासनले मास्कको प्रयोग नगर्ने व्यक्तिलाई रु एक सय जरिवाना गर्दै आएकामा यसलाई बढाउनुपर्ने उनको सुझाव छ । मास्क नलगाएकालाई कुनै पनि सेवा नदिइने नीति अवलम्वन गर्न खाँचो छ ।

सबैभन्दा बढी संक्रमण नाकबाट फैलने हुँदा जुनसुकै समयमा नाक राम्ररी छोपिने खालको हुनुपर्छ । नाक छोपेपछि मुख पनि छोपिन्छ । उनले भने, “चिउँडो वा घाँटीमा मास्क राख्दा पछि नाकमा मास्क लगाउँदा संक्रमण सर्नसक्छ ।”

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी अझै पनि कतिपयले मास्कको प्रयोगका विषयमा सचेत नभएको बताए । कतिपयले भने जानकारी भएपनि हेलचेक्राई गरेको उनको भनाइ छ ।

बन्दाबन्दीमा २८ हजार जनालाई कारबाही
सरकारले मास्कको प्रयोग अनिवार्य गरेको छ । नेपाल प्रहरीले संक्रामक रोग नियन्त्रण ऐनका आधारमा काठमाडौँ उपत्यकामा अहिलेसम्म २८ हजार ३०६ जनालाई कारवाही गरेको महानगरीय प्रहरी कार्यालका प्रवक्ता सुशिलकुमार  यादबले बताए ।

प्रतिकृया दिनुहोस्