RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/२२ गते
१२४४ पटक

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबारको बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न उपत्यकामा दसैंसम्म निषेधाज्ञा कायम गरेर नाकामा सेना परिचालन गर्नुपर्ने राय दिएका हुन् ।

विभिन्न बहानामा मानिस उपत्यका भित्रने क्रम नरोकिएको र चाहेर वा नचाहेर पनि दैनिक २ हजारको संख्यामा मानिसलाई भिœयाउनु परिरहेको भन्दै उनले नाका नै ठप्प पार्न नसकिएको बताए ।

‘चाहेर वा नचाहेर पनि दैनिक २ हजारको संख्यामा मानिसलाई उपत्यका भिœयाउनुपरिरहेको छ, नाका नै ठप्प पार्न सकिने अवस्था पनि छैन ।

बैठकमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरूबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दबाब आउने गरेको बताइन् ।

उनले उपत्यकाभित्र ल्याउनुपर्ने मान्छेलाई पनि योजनाभित्र राखेर ल्याउने र बाहिर जानुपर्ने मान्छेलाई पनि योजनाभित्र राखिनुपर्ने भन्दै कन्ट्याक्ट ट्रेसिङ गरेर मात्र ल्याउने लैजाने गरिनुपर्ने बताइन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी भट्टले भने । नगरपालिका मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले उपत्यकामा लागू भएको तेस्रो चरणको निषेधाज्ञा नाम मात्रैको भएको भन्दै हालकै अवस्थाको निषेधाज्ञाको अर्थ नभएको धारणा राखे ।

प्रतिकृया दिनुहोस्