RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/२२ गते
५१३ पटक

काठमाडौं,  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० बजे बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईकाअनुसार २६ गते शुक्रबार स्थायी कमिटी बैठक बोलाउने दुई अध्यक्षबीच छलफल भएको जानकारी दिनु भयो ।

सचिवालय बैठकमा छलफल भएपनि स्थायी कमिटीमा छलफल गरेर प्रतिवेदन परिमार्जनको माग पार्टी नेताहरुले गर्नुभएको छ । गत विहिबार १८ गते बसेको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले कार्यदलले बुझाएको प्रतिवेदनमा परिमार्जनको माग गर्नुभएको थियो ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार दुई अध्यक्षबीचको बैठक विहान ११ बजेसम्म चलेको थियो । यसअघि साउन १३ गते बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएपछि बैठक बस्न सकेको थिएन ।

प्रतिकृया दिनुहोस्