RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/२३ गते
६३६ पटक

काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा बुधबार रातिबाट सकिदैछ । एक पटक लम्ब्याएर दुई साता पु¥याइएको निषेधाज्ञा सकिन लागेपछि नयाँ निर्णय लिनका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहितको भर्चुअल बैठक बोलाइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आज बिस्तृत बैठक बसेर छलफल गरिने र त्यसको रायसुझाव अनुसार गृह मन्त्रालयसँग समन्वय गरेर निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा निर्णय लिइने जानकारी दिनुभयो ।

उपत्यका मेयर फोरम, उद्योगी व्यवसायी, यातायतका प्रतिनिधि र सरकारी चिकित्सकलगायतसँग पनि आजै छलफल हुदैछ । छलफलपछि तीनै जिल्लाका सीडीओसहित जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को संयुक्त बैठक बस्नेछ । यसबाट आउने रायअनुसार गृहको समन्वयमा निर्णय लिइनेछ ।

स्रोतका अनुसार काठमाडौंका नाकालाई कडाई गरेर उपत्यकाको जनजिवन सामान्य बनाउने निर्णय हुन सक्ने जानकारी दिएको छ । उपत्यकामा अझै पनि कोरोना संक्रमण कम नभएको निष्कर्ष निकाल्दै उपत्यकाका मेयरले भने कडा लकडाउन वा कफ्र्यु नै लगाउन यसअघि माग समेत गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्