RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१९ गते
८४३ पटक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटीको बैठकले पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवादतर्फ जान सुझाव दिएको छ । राष्ट्रिय सभागृहमा जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठानिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि १५ वटा समूहले आआफ्नो प्रतिवेदन पेश गर्दै मुलुकमा भ्रष्टाचारबिरुद्ध कठोर कदम चाल्न पार्टी नेतृत्व र सरकारलाई सुझाव दिएको छ

समुह १ का नेता उर्मिला अर्याल
१ पार्टीका हरेक कमिटीमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ।
२ पार्टी अझै पनि लथालिंग अवस्थामा छ, यो अवस्था लम्बाउन मिल्दैन।
३ समाजवादको आधारहरु तयार गर्नुपर्छ, राष्ट्रिय पूँजी निर्माण गर्नुपर्छ।
४ पार्टी र सरकारको सम्बन्ध बलियो हुनुपर्छ, एक अर्काको सहयोगी बन्नुपर्छ।
५ नेताहरुको जीवन पारदर्शी हुनुपर्छ र उनीहरुको सम्पत्तीको छानविन गर्नुपर्छ।
६ एमसीसीको मामिलामा अध्ययन गर्न आयोग गठन गर्नुपर्छ।

समूह २ का नेता कमला रोका
१ एमीसीबारे पार्टीका सबै नेताहरुले साझा धारणा बनाउनुपर्छ।
२ राष्ट्रिय आकाशां पुरा गर्न तीनै तहका सरकारले गरेका कामको प्रचारप्रसार गर्नुपर्छ र काम गर्न नसकेको विषयमा सुझाव दिनुपर्छ।
३ सरकारलाई प्रभावकारी बनाउन तीनै तहमा क्षेत्राधिकार तोकेर संयन्त्र निर्माण गर्नुपर्छ।
४  पार्टीका हरेक कमिटीमा संविधानअनसार न्यूनतम ३३ प्रतिशत महिला सहभागि हुनुपर्छ।
५ पार्टीका प्रत्येक कमिटीमा अध्यक्ष र उपाध्यक्ष बनाउनुपर्छ।
६  स्थानीय तह लगायत सबै सरकारमा नीतिगत भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ।

समूह ३ का नेता खिमलाल देवकोटा
१  समग्रतामा पार्टीलाई सुदृढ र बलियो बनाउनुपर्छ।
२ गुटबन्दीमुक्त पार्टी निर्माण गर्नुपर्छ र जिम्मेवारी बाँडफाँड न्यायोचित हुनुपर्छ।
३  पार्टी एकताका काम समयमै सक्नुपर्छ र महाधिवेशनको तयारी तिव्र पार्नुपर्छ।
४  शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न ढिलो गर्नहुन्न।
५  सरकारले जनताको जिवनस्तर उकास्न प्रभावकारी रुपमा काम गर्नुपर्छ।
६  सरकारले गरेका राम्रा कामको प्रचारप्रसार पनि उत्तिकै गर्नुपर्छ।

समूह ४ नेता जगन्नाथ खतिवडा
१  बैठकको व्यानरमा दुई अध्यक्षको फोटो राख्नु व्यक्ति पूजा हो।
२  तलबाट नभई माथिबाट गुटबन्दी सुरु भएको र यसलाई सच्चाउने काम नेतृत्वकै हो।
३  सरकारले राम्रो काम गर्न सकेन, समाजवादको आधार तयार पार्न नै सकेन।
४  बालुवाटारले नै भ्रष्टाचारलाई बढवा दिँदै छ, पार्टीको साख गिराउँदै छ । भ्रष्टाचारविरुद्ध कडा अभियान चाल्नु पर्छ ।
५  न्यायको चेत सहितको विधान र विधीको पालना गर्नु पर्छ र वैचारिक स्पष्टताको आवश्यकता छ।
६  उच्चस्तरीय कार्यदल गठन गरि एमसीसीबारे निष्कर्ष निकाल्नुपर्छ र त्यसैअनुसार पार्टीले निर्णय लिनुपर्छ।
७  सबै नेताहरुको सम्पत्तीको छानविन गर्नुपर्छ र त्यसका लागि पनि पार्टीभित्र उच्चस्तरीय संयन्त्र निर्माण गर्नुपर्छ।
८  अतिक्रमित कालपानी क्षेत्रको अडान निकै कम भयो।

समूह ५ का नेता ठाकुर गैरे
१  राजनीतिक प्रतिवेदनमा नेपाली समाजको वर्ग विश्लेषण भएन र जनताको जनवाद कार्यान्वयन कसरी गर्न सकिन्छ         भन्ने पनि विश्लेषण गर्नुपर्छ।
२  एमसीसीबारे चलाइएका सकारात्मक या नकारात्मक दुवै हल्लाबाट प्रभावित हुनुहुन्न। यसबारे हामी आफैले अध्ययन       गरेर निर्णय लिनुपर्छ।
३  २०४६ साल यता राजनीतिलाई माध्यम बनाएर सत्तामा पुग्ने सबै नेताहरुको सम्पत्तीको छानविन गर्नुपर्छ।
४  शिक्षा स्वास्थ्य क्षेत्रमा लगानी कसले गर्न नपाउने कसले गर्न नपाउने भन्नेबारे किटान गर्नुपर्छ।
६  लिम्यिाधुरा, कालापानी क्षेत्रको नक्सा आधिकारिकरुपमा छाप्नुपर्छ। त्यहाँबाट भारतीय सेना हटाउनुपर्छ । यो विषय         पाठ्यक्रममा समावेश गर्नुपर्छ।
७  नेताको नाममा खुलेका प्रतिष्ठानहरुको नियमन गर्न निर्देशिका बनाउनु पर्छ।

समूह ६ का नेता दिनानाथ शर्मा
१  नेतृत्व तहबाट प्रस्तुत राजनीतिक प्रतिवेदन मूलतः ठिक छ।
२  सरकारको कामकारवाही प्रभावकारी हुनुपर्छ।
३  सहीद र बेपत्ता परिवारलाई उचित व्यवस्थापन गर्नुपर्छ।
४  एमसीसीबारे अध्ययन गर्न आवश्यक छ र अनि मात्रै निर्णय लिनु पर्छ।
५  छिमेकी भारतसँग भएको सीमा विवाद कुटनीतिक, राजनीतिक र जनस्तरबाट हल गर्नुपर्छ।
६  पार्टी नेताहरु भ्रष्टाचार र अनियमिततामा मुछिनु हुन्न र आत्मआलोचना मात्रै होइन त्यो व्यवहारमा उत्रार्नुपर्छ।
७  पार्टी कमिटीभित्र आफ्ना धारणा राख्नु पर्छ, बाहिर जथाभावी धारणा राख्नुहुन्न।

समूह ७ का उपनेता पूर्णकुमारी सुवेदी
१  अध्यक्षद्धयले पेश गरेको राजनीतिक प्रतिवेदन सापेक्षिकरुपमा ठिक छ।
२  पार्टी एकतालाई मजबुत बनाउनुपर्छ र छलफल जिवन्त हुनुपर्छ।
३  कम्यनिष्ट पार्टीको विचार र सिद्धान्त अनुसार आचारण र व्यवहार मिल्नुपर्छ।
४  एमसीसीबारे थप अध्ययन आवश्यक छ र त्यो काम पार्टीले नै गर्नु पर्छ।
५  महिला सहभागितामा पार्टी नेतृत्व गम्भीर बन्नुपर्छ।
६  सीमा विवादबारे सुष्म अध्ययन तथा अनुसन्धान गरी हल गर्नुपर्छ

समूह ८ का उपनेता बलावती शर्मा
१  एमसीसीबारे अध्ययन गर्न विज्ञ समूह गठन गर्नुपर्छ र राष्ट्रघात नहुने भए लागू गर्नुपर्छ।
२  नेताहरुको जीवनशैली र आचारण बदलिनु पर्छ, अनैतिक गतिविधिमा लाग्न हुन्न, पारदर्शी बन्नुपर्छ।
३  निर्वाचन प्रणाली मंहगो भयो, कि फेर्नु पर्छ कि समानुपातिक बनाउनु पर्छ।
४  पार्टीका हरेक कमिटीमा ३३ महिला सहभागिता अनिवार्य हुनुपर्छ।
५  पार्टी कमिटी पदाधिकारीमा पनि कि अध्यक्ष कि उपाध्यक्ष महिला हुनुपर्छ।
६  समाजवादमा जाने हो भने आधार या मोडलहरु के कस्ता हुन त्यो तयार पार्नुपर्छ।
७  सरकारको कामकारवाहीको प्रतिफल आधारभुत तहसम्मसम्म पुग्नुपर्छ।

समूह ९ का नेता भगवती चौधरी
१  राजनीति तथा सांगठनिक प्रतिवेदनले समावेशीकरणलाई अटाएको छ, त्यो व्यवहारमा उत्रिनुपर्छ।
२  संगठनलाई विस्तार गर्दा अध्यक्ष, इन्चार्ज र सहइन्चार्ज मात्रै होइन सचिवको पनि पद खडा गर्नुपर्छ।
३  निर्वाचन प्रणालीलाई मित्यव्ययी बनाउनुपर्छ, विना पैसा क्याम्प्यिन गर्न नजाने अवस्था रोक्नुपर्छ।
४  राजकीय पदमा रहेका नेताहरुको सम्पत्ती विवरण पार्टी कार्यालयमा पेश गर्नु पर्छ।
५  एमसीसीबारे साझा धारणा बनाएर मात्रै संसदबाट पारित गर्नुपर्छ ।

समूह १० का सदस्य महेश बस्नेत
१  एमसीसी आईपीएसको अंग होइन भने संसदबाट परित गर्नुपर्छ।
२  पार्टी एकता ढिला हुँदा कार्यकर्ता निरुत्साहित छन् र सरकारले प्राप्त गरेका उपलब्धीहरुबारे पनि सहीरुपमा                  जनतामा  पुर्याउन सकेनन्।
३  पार्टीविरोधी गतिविधि गर्ने तत्वहरु सक्रिय छन्, पार्टीभित्रकैले पनि मूल्यमान्यताविपरित सार्वजनिकरुपमा अभिव्यक्ति      दिने गरेका छन्, त्यो प्रवृत्ति रोक्नुपर्छ।
४  एकता प्रक्रियालाई छिटोभन्दा छिटो टुंग्याउनुपर्छ, महाधिवेशनका लागि आधार तयार पार्नु पर्छ।
५  वैचारिक विषय कमजोर भएका कारण पार्टीमा माथिबाटै गुटबन्दी मौलाएको छ, त्यसलाई नियन्त्रण गर्नुपर्छ।
६  दिवंगत नेताका नाममा खुलेका प्रतिष्ठानहरुलाई निगरानीमा राख्नु पर्छ।
७  पार्टी र सरकार सञ्चालन व्यवस्थित भएको छैन।
८  आधारभुत वर्गसँग पार्टीको दुरी बढेको छ र दलाल पुँजीपतिसँग दुरी घटेको छ र त्यो हट्नुपर्छ।
९  निर्वाचन प्रणालीलाई पारदर्शी बनाउन यसलाई समानुपातिकको रुप दिनुपर्छ।

समूह ११ का नेता राजेन्द्र राई
१  पार्टीमा नेतृत्वहरुबाट गुटबन्दीको सुरुवात भएको छ, काखा र पाखा गरेर जिम्मेवारी दिने प्रवृत्तिको अन्त्य हुनुपर्छ।
२  सरकार र पार्टीको सम्बन्ध राम्रो भएको छैन, अविश्वास बढेको छ।
३  स्थानीय निकाय भ्रष्टाचारमा ढुवेका छन्, प्रदेश र केन्द्र सरकार पनि त्यसबाट चोखो छैन, उनीहरुलाई स्पष्ट                    कार्ययोजना दिनुपर्छ।
४   कालापानी क्षेत्रलाई समेटेर नेपालको आधिकारिक नक्सा निर्माण गर्नुपर्छ र भारत तथा चीनसँग वार्ताबाट सीमा                अतिक्रमणको समस्या अन्त्य गर्नुपर्छ।
५  नेताहरुले वार्षिकरुपमा सम्पत्ती विवरण पार्टी कार्यालयमा बुझाउनुपर्छ र त्यसको छानविन गर्नुपर्छ अनि उनीहरुको          सम्पत्तीको सीमा तोक्नुपर्छ।
६   निर्वाचन प्रणाली पारदर्शी हुनुपर्छ, पैसाले भोट किन्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ।
७  सरकार र पार्टीलाई बलियो बनाउन र जनताको मन जित्न नेतृत्व नै गम्भीर हुनुपर्छ।

समूह १२ का सदस्य लिला श्रेष्ठ
१  तीनै तहको सरकारलाई सयंन्त्र बनाएर पाटीले चलाउनुपर्छ।
२  तीनै तहका सरकारलाई आवश्यक कानुन बनाउन ढिला गर्नुहुन्न।
३  समग्र भ्रष्टाचारलाई नियन्त्रण गर्न कडा कानुन बनाउनुपर्छ, पार्टीभित्र छुटटै संयन्त्र बनाउनुपर्छ।
४  योगदान, क्षमता र अनुभव तथा संस्थागत निर्णयका आधारमा राजनीतक नियुक्ति गर्नुपर्छ।
५  सबै सरकारका राम्रा कामबारे प्रचारप्रसार गर्न कञ्जुस्याईँ गर्नुहुन्न।
६  पार्टीका हरेक तहमा बहुपदीय प्रणाली अपनाउनु पर्छ, उपाध्यक्षको व्यवस्था गर्नुपर्छ।
७  निर्वाचन प्रणाली निकै खर्चिलो भयो, सबैले चुनाव लड्न नसक्ने भए।
८  अन्तरसंघर्षको निश्चित विधि बनाई गुटबन्दीको अन्त्य गर्नुपर्छ।
९  एमसीसीबारे देशको हितमा ध्यान दिएर निर्णय गर्नुपर्छ।

समूह १३ का लेखनाथ न्यौपाने
१  विज्ञ समूहको छलफलपछि एमसीसी आइपिएससँग सम्बन्धीत होइन भन्ने निश्चित भएपछि र असमान प्रवाधानहरु            बदलेर पास गर्नुपर्छ।
२  पाटीभित्रको भ्रष्टाचार नरोकेमा कम्युनिष्टलाई नै खाइदिन्छ।
३  राजनीतिक नियुक्तिमा विकृति बढी भयो । योग्यलाई पाखा र अयोग्यलाई काखा गर्नुको कारण पनि भ्रष्टाचार नै हो ।
४  संवैधानिक निकायमा नियुक्ति गर्दा समावेशीलाई ध्यान दिनुपर्छ।
५० पार्टीभित्र अवसरको वितरण न्यायपूर्ण भएन । पछिल्लो राष्ट्रिय सभासम्बन्धि निर्णय पनि अवसरमा न्याय स्थापित        भएको देखियो ।
६  सीमाबारे रुपमा फरक देखिए पनि सारमा सरकारमा हँुदा र नहँुदा परक देखिनु हँुदैन।
७  आचारसहिंदा पहिला माथिबाट लागु गरेर विश्वासको वातावरण बनाएपछि मात्र तल लैजादा सहजतामा कार्यान्वयन           गर्न सकिन्छ ।
८  पार्टीभित्रबाट राजकीय भूमिकामा गएकाहरुको एउटा सुकिलो वर्ग र जान नपाएकाहरु अर्को गनाउने वर्ग पार्टीभित्रै        बन्नु हामी कम्युनिस्ट नबन्ने प्रक्रियाको थालनी हो ।
९  सहिद र वेपत्ता भएका योद्धाहरुको सम्मान र घाइते एवं अपाङ्गता भएकालाई सरकारले हेर्नुपर्छ।
१० संघीय प्रणाली स्थापित गर्न राजधानी वा नाम तोक्ने काम माथिबाट पटक्कै नगरौं ।
११  चुनावलाई सस्तो र मितव्ययी बनाउन साथै भ्रष्टाचार कम गर्न पनि निर्वाचन प्रणाली फेर्नुपर्छ ।

समूह १४ का सदस्य सुरेशकुमार राई
१  मूलभूतरुपमा प्रस्तुत प्रतिवेदनप्रति सहमति भयो।
२  एमसीसी जस्ताको त्यस्तै पास नगर्ने, विज्ञ टोलीसहित अध्ययन गरी सच्याएर पास गर्ने, तुरुन्त खारेज नै गर्नु पर्ने तर्क          आयोे।
३  युद्धमा घाइते भएका, बेपता पारिएका र सहीद परिवारको अभिभावकत्व सरकारले ग्रहण गर्नुपर्छ।
४  खर्चिलो हुँदा पार्टीलाई दलालहरुको हातमा पुर्याउने भएकाले निर्वाचन प्रणाली मित्यव्यी बनाउनु पर्ने र पूर्ण                     समानुपातिक बनाउनुपर्छ।
५  निजी शिक्षा र स्वास्थ्यलाई निरुत्साहित गर्नु पर्छ र यस क्षेत्रमा लगानी गर्नेलाई पार्टीमा सदस्यता दिनुहुन्न।
६  गुटउपगुटलाई अन्त्य गर्न बिचार केन्द्रीत छलफललाई बढ्ता जोड दिनुपर्छ।
७  नेताहरुले कतिसम्म पैसा कमाउन पाउने रु वा कति हदसम्म सूविधा उपभोग गर्न पाउने हो रु सीमा तोक्नुपर्छ।

समूह १५ का नेता हिमाल शर्मा
१  कार्यकर्ता र जनसमुदायले अनुभुति गर्ने गरी सरकारले काम गर्नुपर्छ।
२  समाजवादमा जाने बाटो के हो त्यसमा स्पष्ट हुनुपर्छ।
३  एमसीसीमा अध्ययन आवश्यक छ, देशको हितमा भएमात्र पास गर्नुपर्छ।
४  शिक्षा र स्वास्थ्य क्षेत्रमा नेताहरुले लगानी गर्न मिल्दैन, लगानी गर्नेहरु कि पार्टीबाट हट्नुपर्छ कि लगानी बन्द गर्नुपर्छ।
५  सचिवालयबाटै गुटबन्दी चलेको छ, पुराना गुट हटाउनुपर्छ।
६  सीमा विवाद अन्त्य गर्न वार्ताबाट पहल गर्नुपर्छ।
७  महिला सहभागिता अनिवार्य हुनुपर्छ।जनता टाइम्सबाट साभार

प्रतिकृया दिनुहोस्