RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/२४ गते
४८३ पटक

काठमाडौं, भदौ २४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा बैठक शुरुभएको छ । स्थायी कमिटी बैठकमा पेश हुने प्रस्तावको गृहकार्य गर्न अध्यक्षद्वय छलफलमा जुट्नुभएको बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विहान ११ः३० बजे बालुवाटार पुग्नुभएको छ । दुवै अध्यक्षबीच बालुवाटारमा बैठक शुरुभएको छ ।

स्थायी कमिटीको बैठक शुक्रबार २६ गतेका लागि तय गरिएकाले दुई अध्यक्षले बैठकको प्रस्ताव तयारीबारे छलफल गरिरहनुभएको छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदन र त्यसमा परिमार्जन गरिनुपर्ने विषय समेतमा दुई अध्यक्षबीच छलफल भइरहेको छ । महासचिव विष्णुप्रसाद पौडेल संयोजकत्वको ६ सदस्यीय कार्यदलले आठ दिन लगाएर १६ पृष्ठको प्रतिवेदन बुझाएको थियो ।

कार्यदल गठन र त्यसले बुझाएको प्रतिवेदनले पार्टीभित्र देखिएको आन्तरिक विवाद साम्य भएको थियो । सोअघि साउन १३ गते उपाध्यक्ष बामदेव गौतमले दुई अध्यक्षबीच हुनुपर्ने सहमतिका विषयलाई समेटेर ६ बुँदे प्रस्ताव पेश गर्नुभएको थियो । कार्यदलको प्रतिवेदनले छ बुँदे प्रस्तावलाई समेत समेटेको छ ।

प्रतिकृया दिनुहोस्