RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/२६ गते
५०८ पटक

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुक्रबार बालुवाटारमा सुरु भएको छ । बैठकमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको प्रस्तावमा छलफल गर्ने तयारी छ ।

दुबै अध्यक्षले बैठकलाई सम्बोधन गर्ने र प्रस्ताव पारित गरेर आजै बैठक सक्ने तयारी भएको एक नेताले बताए । पार्टीभित्र चुलिएको विवाद समाधानका लागि गठन गरिएको

६ सदस्यीय कार्यदलको प्रतिवेदनका आधरमा दुबै अध्यक्षले तयार पारेको साझा प्रस्ताबमाथि बैठकमा छलफल हुने कार्यक्रम छ ।१३ साउन यता स्थायी कमिटी बैठक पटक–पटकक स्थगित हुँदै आएको थियो ।

प्रतिकृया दिनुहोस्