RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/२८ गते
४६३ पटक

काठमाडौं,  सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क ह्वात्तै घटाएको छ । आम नागरिकको भावना र चाहनालाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षण शुल्क घटाएको हो ।

स्वास्थ्य प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुने ब्यवस्था गरिएको छ । रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।

सुरुमा पीसीआर टेष्टको शुल्क ५५ सय रुपैयाँ तोकिएको थियो । पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो । आजबाट २ हजार कायम गरिएको हो । ‘सवै अस्पताल तथा ल्यावहरुमा पिसिआर परीक्षण गर्दा अन्तिम शुल्क २ हजार कायम तोकिएको छ, यस भन्दा अव बढी शुल्क लिन पाइदैन,’ प्रवक्ता गौतमले भन्नुभयो ।

प्रतिकृया दिनुहोस्