RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/२८ गते
९११ पटक

काठमाडौं । सत्तारुढ दल नेकपाले पार्टी सदस्यहरुको सदस्यता नवीकरण मंसिर महिनाभित्र गरिसक्ने भएको छ । पार्टी विवाद साम्य भएलगत्तै आइतबार (आज) संगठन विभागको बैठक बसेर सदस्यता नवीकरणबारे यस्तो निर्णय गरेको हो ।

बैठकले आगामी मंसिरभित्र सदस्यता नवीकरण र नयाँ सदस्यबारे सबै काम सक्नेगरी काम गर्ने निर्णय गरेको संगठन विभाग उपप्रमुख जनार्दन शर्माले बताए ।

यसभन्दा अगाडि गत शुक्रबार सम्पन्न नेकपा स्थायी कमिटी बैठकले आगामी कात्तिक १५ देखि १७ गतेसम्म चैतमा हुने महाधिवेशनको तयारीका लागि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

नेकपाको एकता महाधिवेशन आगामी चैत २५ देखि ३० सम्म काठमाडौमा हुने भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाका ८ लाख सदस्य रहेको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्