RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/२९ गते
६५० पटक

करिब ६ महिनामा कोरोना संक्रमणबाट कञ्चनपुर जिल्लामा एकजना पुरुषको मृत्यु भयो । तर यो अवधिमा जिल्लाभरि एक सय १२ जनाले आत्महत्या गरेर प्राण त्यागेका छन् ।

कोरोनाबाट बच्नका लागि संसारै जुटेका बेला कन्चपुरमा भने आत्महत्या गर्नेको संख्या बढेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार गत १० चैतदेखि भदौ तेस्रो सातासम्ममा कोरोनाले एक र आत्महत्याबाट १ सय १२ जनाले ज्यान गुमाएका छन् ।

१४ बर्षिया बालिकादेखि ५० बर्षसम्मकाले आत्महत्या गरेको तथ्यांकबाट देखिन्छ । ५० जनाले विष सेवन र ६२ जनाले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले पहिलाे लकडाउनपछि आत्महत्याका घटना बढेको बताए । ‘सानो विषयमा विवाद हुँदा पनि आत्महत्याका घटना भएकाे देखिएकाे छ,’ प्रवक्ता थाापाले भने ।

प्रतिकृया दिनुहोस्