RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/२९ गते
१३२८ पटक

काठमाडौँ । स्वास्थ्य सामाग्री खरिदका लागि ठेक्का सम्झौता गरेको ओम्नी समूह एक वर्षका लागि कालो सूचीमा परेको छ । स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै विवादास्पद बनेको ओम्नी समूहलाई सोमबारदेखि लागू हुने गरी एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै ओम्नी समूहलाई एक वर्षका लागि कालो सूचीमा राखिएको जानकारी दिएको छ ।अब ओम्नी समूहले एक वर्षसम्म कुनै पनि खरिद तथा ठेक्का प्रक्रियामा सहभागी हुन पाउने छैन । स्वास्थ्य सेवा विभागले गत चैत्रमा ओम्नीसँग भएको स्वास्थ्य सामाग्री खरिदको ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्