RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/३१ गते
५४२ पटक

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई आइसियूमा राखिएको छ। कोरोनाभाइरसको संक्रमण भएका बेला ज्वरो आएपछि अस्पताल भर्ना भएका कोइरालालाई आइसियूमा राखिएको हो ।

ओम अस्पतालको आइसियुमा उपचार भइरहेका कोइरालाको ज्वरो नियन्त्रणमा आएको छ। कोइरालाको स्वास्थ्य अवस्था सामान्य हुदै गएको उपचारमा संलग्न ओम अस्पतालका मेडिकल डाइरेक्टर डा. विश्वनाथ कोइरालाले जानकारी दिए ।

कोइरालालाई गत भदौ २३ मा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो। ज्वरो आएपछि कोइरालालाई मंगलबार राति अस्पताल लगिएको थियो।

प्रतिकृया दिनुहोस्