RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/३१ गते
५९५ पटक

बझाङ, भदौ ३१ गते । जिल्लाको दुर्गम साईपाल गाउँपालिकामा रहेको सीमा प्रहरी चौकी धुलीमा रहेका सबै प्रहरी प्रहरीलाई खाद्यान अभाबका कारण छाक टार्न समस्या भएको छ । जिल्लाबाट चार दिनको पैदल दुरीमा रहेको धुली प्रहरी चौकीमा रहेका प्रहरीहरुलाई खाद्यानको अभाब भएपछि गाउँलेसँग पंैचो मागेर बिहान बेलुकाको छाक टारिरहेका छन् ।
सदरमुकाम चैनपुरबाट भेडा तथा खच्चरमा खाद्यन्न ढुवानी गरिदै आएको भए पनि सीमा प्रहरी चौकी धुलीमा कार्यरत प्रहरीहरुलाई आवश्यक खाद्यन्न समयमै भण्डारण नगरिएका कारण खाद्यान्न अभाव भएको हो । चार महिना बाक्लो हिउँ पर्ने तथा बर्षायाममा समेत पहिरोले बाटो अबरुद्ध हुने भएकाले यहाँक बासिन्दा उपयुक्त सिजनमा बर्ष भरिका लागि खाद्यान्न खरिद गरेर भण्डारण गर्ने गर्दछन् । तर प्रहरी चौकीमाभने समयमा रासनको पैसा निकासा नहुने, निकासाभई हाले नगददिने गरेको र बाटो तथा ढुवानीको समस्याहुने भएका कारण पनि खाद्यान्न समास्या भएको हो ।
सीमा प्रहरी चौकी धुलीमा कार्यरत प्रहरी हवल्दार जयबहादुर तिरुवाले भन्न्नुभयो, ४०, ४५ जिल्लामापुगे तर यस्तो समस्या कहिल्यै भएन् । संकटकालको भन्दा बढी दुख पाएका छांै । उहाँले भन्नुभयो , “संकट कालमा त खानाका लागि त पाईन्थ्यो, तर यहाँ पैसा भएर पनी खाद्यान्न पाइँदैन । खाद्यान्न आउने भनेको भेडा खच्चडबाट नै हो । अहिले जेतनतेनगाउँलेहरुसँग पैँचो मागेर छाक टारिरहेका छौ । ”
अहिले बाटो ठाँउ ठाँउमा पहिरो, खोला भएका कारण खच्चड र भेडा पनि नआउने भएकाले खाद्यान्न संकट भएको हो । २०७७ साल साउन २५ गते प्रमुख जिल्लाअधिकारी कमलराज भण्डारी र तत्कालीन डीएसपी गणेश बम सीमा प्रहरी चौकी धुलीपुग्नुभयो । त्यहाँ कार्यरत प्रहरीहरु निकै खुसि भए पनि र आफ्ना दुखबुझ्न हाकीमहरु आए भन्दै मख्खसमेत भएकाथिए । तर उहाँहरुका दुख नत प्रमुखजिल्ला अधिकारीले बुझ्न खोज्नुभयो नततत्कालीन डीएसपी बमले नै । त्यो टोली फर्कियो । आफ्ना दुख बताउने आँट गरेनन् । यस्तै २०७५ साल चैत्र २२ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी सुरेस सुनार सहीतको टोलीले पनी सीमाप्रहरी चौकी धुलीको अनुगमन गर्योे । तर त्यती बेला पनि उस्तै समस्या थियो । हाकिमहरु आउँदा आफ्ना दुखबुझ्लान भन्ने आसा यहाँ कार्यरत प्रहरीको हुन्थ्यो । तर उक्त आशा सपनामा नै सिमीत हुने गरेको यहाँकार्यरत प्रहरीले सामुिहक रुपमा गुनासो गर्नुभयो ।
स्थानीय शिक्षक धनबहादुर विष्ट भोटेले भन्नुभयो, हाकीमहरु आउन्छन् तर उनिहरुका दुख जस्ताका त्यस्तै हुन्छन् । सरकारका कर्मचारीहरु नै भोकभोकै बस्नु पर्ने अवस्था हुन्छ भने हामी सर्वसाधारणको कस्तो हालतहोला?यसमा सरकारले ध्यानदिनु पर्ने होईनर र ? । साथै विष्टले प्रहरीले खाद्यान्नको सट्टा नगद रुपियाँ पाउने भए पनि यहाँ नगद हालेर खाद्यान्न समेत किन्न नपाईने समस्याका कारण प्रहरीले भोक भोकै बस्नु पर्ने अवस्था आउने गरेको बताउनुभयो । उहाँले नेताहरु घुम्ने हेलीकोप्टरमा खाद्यान्न ढुवानी गरी दिए सहजहुने समेत धारणा राख्नुभयो ।
यो समस्या सी माप्रहरी चौकी धुलीमा कार्यरत प्रहरीलाई मात्रै नभएर साईपाल गाँउपालिका वडा नम्बर ४ र ५ का केही गरीब घर परिवारमा समेत रहेको छ । जिल्लाकै सबै भन्दा विकट भएका कारण यहाँबर्खाको यो समयमा भेडा खच्चड सम्म जाने बाटो नभएका कारण खाद्यान्न अभावभएको हो । सदरमुकाम चैनपुरबाट झण्डै तिनदिनको पैदल यात्रामा पर्ने यो धुली, न्युन्ना, बलौडी, शैनगाँउ, जगेरामा खाद्यान्न अभाव रहेको छ ।
यता जिल्लाप्रहरी कार्यालयका प्रमुख डिएसपी रुपक खड्काले यस विषयमा सीमा प्रहरी चौकीमाबुझ्ने बताउनुभयो । गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्