RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२ गते
५७७ पटक

जनकपुरधाम :   रेल्वे विभागले जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि इन्जिन र बोगी परीक्षणका लागि जनकपुरधामसम्म ल्याइएको हो। लामो समयको प्रतिक्षापछि कुर्था–जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र ४ वटा इन्जिन नेपाल ल्याइएको छ।

नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको दुवै रेल सेट आज जनकपुर आइपुग्ने भएको रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

हाजीपुरबाट बगी सहितको रेलसेट नेपाल भारतको सिमा जयनगर ल्याउन चार घण्टा लागेको छ। अब जयनगरबाट जनकपुरधाम ल्याउन १ देखि डेढ घण्टा समय लाग्ने रेल्वे विभागका साईट इन्जिनियर विनोद ओझाले जानकारी दिए।

‘रेल विभागले कुर्था–जनकपुरधाम–जयनगर सम्म रेल सञ्चालनका लागि १ अर्बको  लागतमा भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक रेल सेटहरु रेल्वे कर्पोरेशन कम्पनी लिमिटेडलाई गरेको छ।’

तर, रेल नेपाल वा भारतले कुन देशले किन्ने अन्योलताले तोकिएको समयमा रेल्वे सञ्चालन हुन नसकेको इन्जिनियर विनोद ओझाले जानकारी दिए। उनले भने, ‘रेलका इञ्जिन र डिब्बा व्यवस्था नहुँदा सञ्चालनमा ढिलाइ भयो तर, अब धेरै ढिलाई हुन्न, दुई देशको सहमतिमा सक्दोचाडो कर्मचारी व्यवस्थापन गरेर रेल सञ्चालन हुन्छ।’

प्रतिकृया दिनुहोस्