RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२० गते
९७४ पटक

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले आगामी ३ फागुनमा दुई वर्ष पूरा गर्दै छ । ओली नेतृत्वको सरकार गत ३ फागुन २०७४ मा गठन भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत दुई वर्षको अवधिमा सरकारले असाधारण उपलब्धि हासिल गरेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि ओली नेतृत्वमा सरकार बनेपछिका झन्डै दुई वर्षको अवधिको समीक्षा गर्दै सो अवधिमा उल्लेखनीय प्रगति हासिल भएको जनाएको छ । भौतिक पूर्वाधार निर्माणदेखि सुशासनको क्षेत्रमा समेत उल्लेख्य सफलता हासिल भएको प्रधानमन्त्री कार्यालयको दाबी छ । साथै सर्वसाधारणले विस्तारै विकासको अनुभूति गर्दै गइरहेको प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले बताएका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार वर्तमान सरकार बनेयता राजस्व चुहावट कसुरमा कर्मचारीसहित ४ सय ८९ जनाविरुद्ध ९४ अर्ब ४६ करोड ९४ लाख रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । विनिमय अपचलन तथा अवैध हुन्डी कारोबार कसुरमा ३ सय ६ जनाविरुद्ध ४ अर्ब ८६ करोड ५ लाख रुपैयाँ बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरिएको छ ।
यसैगरी, सो अवधिमा नक्कली तथा झुटा बिल जारी गर्ने विभिन्न फार्मलाई ६ अर्ब ७५ करोडभन्दा बढीको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।राजधानी दैनिकबाट …

प्रतिकृया दिनुहोस्