RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/३ गते
१०२४ पटक

काठमाडौँ– पाँच दिनअगाडि जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी १९ औँ अनसन सुरु गरे। अनसन बसे पनि डा. केसीले बिरामी जाँचिरहेका गरेका केही तस्बिर समाजिक सञ्जालमा भाइरल भए।

उक्त तस्बिरमा डा. केसीले बालिकालाई जाँचिरहेका छन्। बालिका जन्मजात बाँङ्गो हिँड्थिन्। जुम्लामा हाडजोर्नीको डाक्टर आएको थाहा पाएपछि बालिकाकी आमा छोरीलाई बोकेर एक दिनको यात्रा गरेर डा. केसीसम्म पुगेकी थिइन्। डा. केसी बालिकालाई जाँचेपछि भनेका थिए, ‘मेजर अप्रेशन गर्नु पर्छ। त्यसका लागि काठमाडौँ वा जुम्लामै तपाईको छोरीको जस्तै केश हेरका डाक्टरसँगै शल्यक्रिया गर्नु पर्छ। ठिक हुन्छ।’

तर बालिकाकी आमा अन्य डाक्टर खोज्नुको साटो छोरीको खुट्टा ठिक बनाउन डा. केसीको अनशनको तोडिएको दिनको पर्खाइमा घर फर्केकी छन्।

छोरीको खुट्टा बिसो बनाउन उनले अझै कति दिन कुर्नु पर्ने हो न उनलाई थाहा छ, न डा. केसीलाई नै थाहा छ। तर अहिले भनेको उनको स्वास्थ्यमा समस्या देखिन थालेपछि बिरामी जाँच्न रोक लगाइएको छ।

करिव एक वर्ष अगाडि सरकारी क्षेत्रबाट अवकास लिएपछि अनसनरत डा. केसीले आफ्नो पेशालाई निरन्तर निर्वाह गरिरहेका छन्। अहिले मात्रै होइन, उनी वर्षौँदेखि विभिन्न ठाउँमा पुगेर बिरामीको सेवा गर्दै आइरहेका छन्। चाहे त्यो कुनै महामारीका बेला होस् वा बाढी, पहिराका बेला होस् उनी सधैँ एक असल योद्धा जसरी आफूले सक्ने बिरामीको औषधी मसलो गर्दै आएका छन्।

यही सिलसिलामा अहिले जुम्ला पुगेका डा. केसी उतै अनसन बसेका छन्। अनसन बस्नु भन्दा अगाडि उनी गाउँगाउँमा पुगेर जाँच गरिरहेका थिए। सरकारले आफूसँग गरेका प्रतिद्धता पुरा नगरेको भन्दै फेरी केही नयाँ माग अगाडि सरेर डा. केसी १९ औँ अनशन सुरु गरिरहेका छन्।

अनशनको चौथो दिनबाट डा. केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ। अहिले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको उनको रेखदेखमा खटिएका चिकित्सकले बताएका छन्।

अहिले उनलाई चक्कर लाग्ने, मुटुको चाल बढ्ने, मांसपेसी बाउडिने, छाती दुख्ने स्वास फेर्न गाह्रो हुन, प्रेशर कम, पिसाबको मात्रामा कमि भइरहेको डा. प्रवीन कुमार गिरीले बताए।

चिकित्सकले डा. केसीलाई १४ घण्टा नियमित मोनिटर गर्न ठाउँमा सार्न नसके उनको स्वास्थ्य सँगै शरीरका महत्पुर्ण अंगहरुमा गम्भीर समस्या देखिने बताएका छन्।
यस्तै जुम्लाका स्थानीय युवाहरुले डा.केसीको समर्थनमा हस्ताक्षर अभियान एवं प्रदर्शन समेत गर्दै आएका छन्।

तर डा. केसीले अनशन सुरु गरे पनि सरकारले अहिलेसम्म कुनै प्रतिकृया नदेखाएको डा. केसीले बताए।

डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन्।

आफूसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने लगायतका माग राखेर डा. केसीले अनशन सुरु गरेका हुन्। पहिलाको सत्याग्रहका बेला गरिएका सम्झौताहरू अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू अनसन बस्न बाध्य भएको डा. केसीले बताएका
deshsanchar.com

प्रतिकृया दिनुहोस्