RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२० गते
१०८८ पटक

बेइजिङ : चीनको हुपे प्रान्तमा रहेका १ सय ८० नेपाली विद्यार्थी स्वदेश फर्किने भएका छन्। उनीहरूले आइतबार साँझसम्म ‘नेपाल जान पाऊँ’ भनेर आवेदन दिएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालका अनुसार रोजगारी गर्दै आएका नेपालीले भने फारम भरेका छैनन्। उहान भ्रमणमा आएका नेपालीसमेत फर्किन लागेको उपप्रमुख लम्सालले सुनाए। उद्धारपछि नेपालमा राख्न उपयुक्त ठाउँको खोजी भइरहेको जानकारी पाएको दूतावासले जनाएको छ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित उहान सहरबाट ५९, चिङचौ, चिङमन, अनसी, सयान र यिछाङ सहरबाट क्रमशः ५०, ९, २९, २८ र ५ जनाले नेपाल फर्किनका लागि आवेदन दिएका छन्। ‘बाँकी नेपालीलाई एकपटक सोधिनेछ। त्यसपछि अन्तिम सूची तयार हुनेछ’, उनले  भने, ‘चिनियाँ पक्षसँग पनि अनुमानित नेपाली र ल्याइने हवाईजहाजलगायतबारे छलफल भएको छ। अन्तिम स्वीकृतिको प्रतीक्षामा छौं। हामी जतिसक्दो छिटो पठाउने तयारीमा छौं।’अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिकृया दिनुहोस्